Khulla Bichar Online

नेकपाको चुनावी प्रतिबद्धता सार्वजनिक: ५ वर्षमा दोहोरो अंकको आर्थिक वृद्धि, वार्षिक ५ लाख रोजगारी

काठमाडौं । २२ कम्युनिष्ट तथा समाजवादी घटकको एकीकरणबाट बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

‘तारा’ चुनाव चिन्हसहित मैदानमा उत्रिएको नेकपाले ‘सुशासन र रोजगारी–समाजवादको तयारी’ तथा ‘राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नारासहित स्वाधीन र समृद्ध नेपाल निर्माणको मार्गचित्र प्रस्तुत गरेको हो।

पार्टीले आगामी पाँच वर्षभित्र १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने, प्रतिवर्ष ५ लाख रोजगारी सिर्जना गर्ने र बहुआयामिक गरिबीलाई २०.१५ प्रतिशतबाट ५ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ। साथै, १ लाख रिटर्नी युवालाई उद्यमी बनाउने र उत्पादनमूलक क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्ने नीति अघि सारिएको छ।

सुशासनलाई मुख्य आधार बनाउँदै नेकपाले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण, अख्तियार र सतर्कता केन्द्रलाई एकीकृत गरी शक्तिशाली लोकपाल गठन गर्ने प्रतिबद्धता जनाएको छ। सरकारी सेवा फेसलेस र पेपरलेस बनाइने दाबी पनि गरिएको छ।

कृषितर्फ आगामी दशकलाई ‘कृषि लगानी दशक’ घोषणा गर्दै दुई वर्षभित्र प्रमुख खाद्यान्नमा आत्मनिर्भर हुने, किसान पेन्सन, समर्थन मूल्य र कृषि बीमाको व्यवस्था गर्ने उल्लेख छ। दुई वर्षभित्र भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने लक्ष्य पनि समेटिएको छ।

स्वास्थ्य सेवा पूर्ण रूपमा नि:शुल्क, २०८८ सम्म शतप्रतिशत नागरिकलाई स्वास्थ्य बीमा, शिक्षामा ‘एक पालिका–एक स्मार्ट विद्यालय’, तथा विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने नीति अघि सारिएको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.