
चौरीदेउराली, काभ्रे /नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेले चौरीदेउराली गाउँपालिका–५ पोखरीचौरीमा वडा कार्यालय उद्घाटन गर्दै १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।

फागुन १ गते सम्पन्न वडा स्तरीय सभाले बिदुर गौतम (विद्युत) को संयोजकत्व र रमेश गौतम यादवको सह–संयोजकत्वमा समिति गठन गरेको हो।
कार्यक्रम पार्टीका केन्द्रीय सदस्य रेणुका चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय सदस्यहरु बिष्णु गाैतम र राजीव लामा,प्रदेश कमिटी सदस्य तेज पन्त, दुर्गा सिंह लामा, हरि खड्का र शिव पन्तलगायत जिल्ला कमिटी तथा पालिका–वडा कमिटीका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रमुख अतिथि चौलागाईले जनयुद्धबाट प्राप्त उपलब्धि र संबिधानकाे रक्षा आजको मुख्य जिम्मेवारी भएको बताउँदै नेकपाको विजयले मात्र संविधान र वर्तमान व्यवस्थाको रक्षा हुने दाबी गर्नुभयो। प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार दिननाथ गौतमको जित सुनिश्चित गर्न संगठन एकताबद्ध भएर परिचालन हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा वक्ताहरूले संगठन सुदृढीकरण र निर्वाचन तयारीलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम निर्वाचन परिचालन कमिटी संयोजक बिदुर गौतमको सभापतित्व तथा एकनाथ गौतमको सञ्चालनमा सम्पन्न भएको हो।