
डि.एस.लामा

“अतिवाद र डिजिटल म्यानिपुलेशनको विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने निर्णायक निर्वाचन।”
आज हामी विशेष परिस्थितिमा हुने असन्न निर्वाचनको संघारमा छौ यो निर्वाचनमा २ अतिबादी प्रवृत्ति जब्बरजस्ता सताहमा तैरिएको देखिन्छ एकातिर यथास्थितिमा रमाउने पुरानै सोच शैली र बिचार बोकेका काग्रेस, एमाले र राप्रपा जस्ता पुरानो शासन सत्तामा आफ्नो र आफ्नोको लागि मात्र निर्वाचनमा केन्द्रित हुने पार्टी र अर्को तिर नयाँको नाममा सहि र गलत छुट्याउने भन्दा पनि अहिलेको सुचना प्रविधिको विकासलाई दुरुपयोग गर्दै स्वतन्त्रको नाममा स्वतन्त्रता को अपहरण गर्ने र वैदेशिक हस्तक्षेपको वातावरण बनाउन चहाने समुह जो रास्वपा लगायतको रुपमा सताहमा देखा परेको छ ।यो दुबै अतिबादी प्रवृत्तिको विरुद्ध आम प्रगतिशील लोकतान्त्रिक गणतन्त्रबादी हरुलाई एक ढिक्का बनाएर आगडि बढाउनु आजको अवश्यकता छ यो दायित्व नेपाली कम्युनिस्ट पार्टीको ऐतिहासिक जिम्मेवारीको रुपमा आएको छ।
आजको डिजिटल युगमा हामी सूचना स्वतन्त्र रूपमा पाउने होइन, छानिएको सूचना देखाइने संरचना भित्र बाँचिरहेका छौँ, जहाँ मोबाइल स्क्रिनमा देखिने पोस्ट, भिडियो र समाचारहरू संयोगले होइन, एल्गोरिदमले निर्धारण गर्छन्, र यही प्रक्रियासँगै जोडिन्छ म्यानिपुलेशनको अदृश्य संयन्त्र—प्रविधि आफैं तटस्थ भए पनि यसको प्रयोग मानिसको ध्यान तान्न, भावना भड्काउन र धारणा मोड्न प्रयोग हुँदा समस्या गहिरो बन्छ, किनकि सामाजिक सञ्जालले तथ्यभन्दा प्रतिक्रिया जन्माउने सामग्रीलाई अगाडि सार्छ; रिस, डर, आक्रोश र अन्ध-समर्थन छिटो फैलिन्छन्, जसले नागरिकलाई सोचेर होइन, भावनामा बगेर निर्णय गर्न प्रेरित गर्छ, र यही अवस्थाबाट सुरु हुन्छ जनमतको निर्देशन, जहाँ मानिसलाई आफूले स्वतन्त्र सोचिरहेको जस्तो लाग्छ तर वास्तवमा उसले देखिरहेको संसार सीमित र फिल्टर गरिएको हुन्छ; जेन्जि पुस्ता सबैभन्दा धेरै सूचना पहुँच भएको पुस्ता भए पनि यही पुस्ता एल्गोरिदमिक म्यानिपुलेशनको सबैभन्दा ठूलो निशाना बन्छ, किनकि स्क्रोल गर्ने स्वतन्त्रता देखिए पनि सामग्रीको छनोट अरूले गरिरहेको हुन्छ, जसले फरक धाभावनात्मकर सुन्ने क्षमता घटाउँछ, समाज ध्रुवीकृत बनाउँछ र संवाद कमजोर पार्छ, र जब नागरिकले जाँच्न छाड्छ, अफवाह र प्रचारले ठाउँ लिन्छ, जसले लोकतन्त्रको आधार—सचेत नागरिक र स्वतन्त्र सोच—लाई नै कमजोर बनाउँछ; भाइरल सामग्री सत्यको प्रमाण नहुन सक्छ, त्यो योजनाबद्ध प्राथमिकताको परिणाम पनि हुन सक्छ, त्यसैले आजको नागरिक जिम्मेवारी भनेको देखेको कुरा तुरुन्त विश्वास नगर्नु, स्रोत जाँच्नु, फरक विचार पढ्नु र भावनाभन्दा तथ्यलाई प्राथमिकता दिनु हो, किनकि एल्गोरिदम र म्यानिपुलेशनको संयुक्त प्रभाव बुझेर मात्र डिजिटल युगमा स्वतन्त्रता जोगाउन सकिन्छ—जेन्जि पुस्ता जाग्रत भयो भने प्रविधि लोकतन्त्रको शक्ति बन्छ, नत्र लोकतन्त्र स्क्रिनभित्रै सीमित हुने जोखिम बढ्छ।
हामी असन्न निर्वाचनमा छौ यो निर्वाचन केबल कुनै एक उम्मेदवारले या पार्टीले जित्नु र हर्नुमा मात्र सिमित छैन त्याग, बलिदान कुरुवानि र भाबि पुस्ताको भविष्य संगै राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतन्त्र संग जोडिएको छ यो अवस्थामा अहिलेको युवा पुस्ताले डिजिटल म्यनिपुलेशन बाट मुक्त भइ आजको जेन्जि पुस्ता तिम्रो एल्भोरिदम बाट हामी मुक्त छौ तिम्रो सुचना नियन्त्रित हुने छैनौ,तिमिले जे भन्यौ त्यो नै सत्य हो भन्ने डिजिटल भ्रमबाट मुक्त छौ डिजिटल युगमा स्वतन्त्रता भनेको अनियन्त्रित स्क्रोल हैन लोकतन्त्र बचाउने सचेत युवा नागरिक हौ भन्ने कुरा सचेत हुनु पर्छ र जेन्जि पुस्ता जाग्रत भयो भने डिजिटल युग लोकतन्त्र को सबल आधार बन्छ र त्याग, तपस्या ,बलिदानको जगमा उभिएको संघीय लोकतान्त्रिक गणतन्त्रको जगलाई निर्वाचन मार्फत बलियो बनाउनु आजको युगको माग हो।
अगामी फागुन २१ गते हुने निर्वाचनमा देशी तथा वैदेशिक सबै खालका घेरालाई तोड्दै संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशीता, धर्म निरपेक्षताको संरक्षण र प्रवर्द्धन गर्दै शुशासन, समाजिक न्याय, बिधिको शासन र सम्बृद्ध नेपाल निर्माण गर्ने शक्ति भनेको नेपाली कम्युनिस्ट पार्टी र यसको दुरदर्शिता भएको नेतृत्वले मात्र संभव छ भन्ने कुरा दिनको घाम झै छर्लङ्ग र शुस्पस्ट छ ।