Khulla Bichar Online

निर्वाचन आयोगको आह्वान: ६ प्रकारका परिचयपत्रबाट मतदान गर्न पाइने, अशक्त र गर्भवतीलाई लाइन बस्नुनपर्ने

काठमाडौं। बिहिबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानकाे कार्य हुदैछ। निर्वाचन आयोगले मतदातालाई परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आफ्नै मतदान केन्द्रमा उपस्थित हुन आग्रह गरेको छ।

आयोगका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले ६ प्रकारका परिचयपत्रमार्फत मतदान गर्न पाउनेछन्। आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र नभएको अवस्थामा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) मध्ये कुनै एक कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ।

मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। साथै, शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैंले मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूलाई लाइन बस्नुनपर्ने विशेष सहजीकरणको प्रबन्ध गरिएको आयोगले जनाएको छ। यस्ता मतदाताले मतदान अधिकृत, सहायक मतदान अधिकृत वा खटिएका कर्मचारी तथा स्वयंसेवकबाट आवश्यक सहयोग लिन सक्नेछन्।

आयोगले सबै मतदातालाई अनुशासित, मर्यादित र शान्तिपूर्ण रूपमा मतदान प्रक्रियामा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न अपिल गरेको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.