
• सम्झना गाैतमक (क्षा १० श्री प्रभा माध्यमिक बिद्यालय -चाैरीदेउराली -६ कार्तिके देउराली)

दिन बित्यो, महिना बित्यो, बितिगयो वर्ष,
बिदाइ हुने समय आयो, मनमा छैन हर्ष।
रमाइलो कहाँ हुन्छ त्यो बिदाइको पल,
शुभकामना साथी, पढीलेखी बन्नु है सफल।
पढाउनुभयो, अक्षर चिनाउनुभयो,कोटि-कोटि नमन गुरु,
भुल्ने छैनौं हामी,जीवनको उज्यालो यहिबाट भयाे सुरु।
पढ्दा गरेका नराम्रा कुरालाई मनमा नलिनु है गुरु,
क्षमा माग्छौं गुरु,
हामीले गरेका गल्ती छोराछोरी सम्झी भुलिदिनु।
भोलि पढाइ पूरा गर्न,शहर तिर जानु पर्छ कि,
पैसाको अभावले खाडी तिर पाे छिर्नु पर्छ कि।
भविष्य बनाउने सपना देख्दै,
यो विद्यालयबाट बिदाइ हुनु,यही मेरो कामना।
पालो आउला कुनै दिन, भेटौंला फेरि सबैलाई,
उज्ज्वल भविष्यको शुभकामना।
साथी-संगी,
रिसराग मनमा नलिनु है,
भोलि सफल भई भेटौंला,सम्झि राख्नु है।
सम्झि राख्नु है!
नाेट: श्री प्रभा मावि, चौरीदेउराली–६, कार्तिके देउरालीमा आयोजित कक्षा १० को विदाई कार्यक्रममा वाचन गरिएको कविता।