
•सृष्टि गिरी (श्री प्रभा माध्यमिक बिद्यालय-चाैंरीदेउराली-६ काभ्रे)

तपाईंको आवाजमा मिठास थियो,
हाम्रो जीवनमा उज्यालो थियो।
अक्षर-अक्षर सिकाउँदा,
मनमा सपना फुलाइदिनु भयो।
गल्ती गर्दा रिसाउनु भयो,
तर भित्रै माया लुकाउनु भयो।
हामी लड्दा हात समातेर,
फेरि उठ्न सिकाउनु भयो।
हाम्रो सानो सफलतामा पनि,
तपाईंको खुशी देखिन्थ्यो।
हामी अगाडि बढ्दा,
तपाईंको सपना पूरा हुन्थ्यो।
आज हामी जहाँ छौं,
यो तपाईंको मेहनत हो।
शिक्षक, तपाईं बिना,
हाम्रो जीवन अधुरो हो।
तपाईंको मधुरो बोलीले,
हाम्रो मन छोएको थियो।
अज्ञानताको अँध्यारोमा,
ज्ञानको दीप बाल्नुभयो।
कहिले कडा, कहिले कोमल,
तर सधैं हाम्रा साथमा।
हामीलाई अगाडि बढाउन,
लागिरहनु भयो हरपलमा।
हाम्रो हरेक सफलतामा,
तपाईंको पसिना लुकेको छ।
हाम्रो हरेक मुस्कानमा,
तपाईंको सपना फुलेको छ।
तपाईंको हरेक शिक्षा,
जीवनभर सम्झिरहन्छौं।
हामी जहाँ भए पनि,
तपाईंलाई सधैं,सम्झिरहन्छौं।
नाेट: श्री प्रभा मावि, चौरीदेउराली–६, कार्तिके देउरालीमा आयोजित कक्षा १० को विदाई कार्यक्रममा वाचन गरिएको कविता।