Khulla Bichar Online

सामुदायिक विद्यालय सुधारमा प्रधानाध्यापकको भूमिका चुनौति र संभावना

– पदम प्रसाद तिमल्सिना प्रधानाध्यापक गोकुले माध्यमिक विद्यालय गोकुले तथा केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज, एकिकृत अखिल नेपाल शिक्षक संगठन
परिचयः
विद्यालयको प्राज्ञिक तथा प्रशासकीय रुपमा कार्य सम्पादन गर्ने व्यक्तिलाइ प्रधानाध्यापक भनिन्छ । प्रधानाध्यापक भनेको एउटा रोल मोडेल हो । विद्यालयका सम्पुर्ण गतिविधिहरु उसकै योजनामा संचालित हुन्छन । विद्यालयको आर्थिक, सामाजिक ,शैक्षिक प्रसासनिक लगायत विविधि पक्षको नेतृत्वदायी भूमिकमा प्रधानाध्यपक रहेको हुन्छ । विद्यालयका आफना स्टाफहरु,विद्यार्थी अभिभावक,विभिन्न सामाजिक व्यक्तित्वहरु,स्थानीय बुद्धिजिबी,राजीतिज्ञ,जनप्रतिनिधि,स्थानीय,प्रदेश र संघीय सरकार,विभिन्न सामाजिक संघसंस्थाहरु,गैरसरकारी संघसंस्थाहरु लगायत सरोकार राख्ने पक्षहरुसंग समन्वयकारी भुमिका निर्वाह गर्नुपर्छ । नेपाल जस्तो अल्पविकसित राष्ट्र यहाँ वसोवास गर्ने नागरिक र विविधतायुक्त समाजमा एउटा विद्यालयको प्रधानाध्यापक भएर काम गर्न पक्कै पनि सजिलो छैन । आम अभिभावकको बुझाइमा विद्यालयको प्रधानाध्यापक हो सबै श्रोत र साधनहरु छँदै छन् हामीले खासै सहयोग नगर्दापनि हुन्छ ,बजेट जतिपनि आइहाल्छ भन्ने आम बुझाइ छ । वास्तवमा विद्यालयमा कति समस्याहरु हुन्छन्,कस्ता चुनौतिहरुको सामना गर्नुपर्छ , कहाँ कहाँ बाट सहयोग र असहयोग हुन्छन् । आम अभिभावक , शिक्षकको र विद्यार्थीहरुको अपेक्षा यावत कुराहरुले झस्काई रहेको हुन्छ । जसलाई धेरै व्यक्तिहरुले चासोपूर्ण तरिकाले हेरेको हुन्छ ऊ माथि पक्कै पनि विश्वास र अपेक्षा रहेको हुन्छ । जो व्यक्तिले रिस्क लिएर कार्य सम्पादन गर्छ, उसले प्रगति पनि अवश्य गर्छ ।
। विद्यालयको हरेक गतिविधिमा समाजले प्रधानाध्यापकलाई नियालिरहेको हुन्छ ,उसको हरेक कदममा समाजको चासो हुन्छ,आलोचना र सर्मथन पनि हुन्छन, विभिन्न स्वार्थी समूहहरु पनि उतिक्कै जोडिन्छन् निःस्वार्थी भावना बोकेर आउने मानिसहरु विरलै पाइन्छन् । यस्तो अवस्थामा विद्यालयको सम्पूर्ण गतिविधिलाइ अगाडि वढ्न धेरै चुनौतिहरुको सामना गर्नुपर्छ । विद्यालयमा विद्यार्थीहरु अनुशासनमा बसेनन् , नियमित विद्यालय आएनन , विद्यार्थीहरुको नतिजा राम्रो आएन, शिक्षकहरु धेरै अनुपस्थित भए, पढाएनन्, विद्यालयको आर्थिक पक्ष पारदर्शी भएन, भौतिक सम्पतिको संरक्षण भएन, विद्यालयमा राजनीति भयो,शिक्षक नियुक्तिमा मनपरी भयो,शिक्षक कर्मचारीले प्रधानाध्यापकको मातहतमा बसेनन्,कुनै योजना ल्याउन सकेन,नियमित विद्यालयमा बस्दैन जस्ता विविध खालका प्रश्नहरु उठिरहेका हुन्छन् । यस्ता प्रश्नहरुको सही जवाफ प्रधानाध्यापक एक्लैले दिन सक्ने अवस्था पक्कै हुँदैन जसका लागि विद्यालयमा प्रत्यक्ष सरोकार राख्ने शिक्षक,अभिभावक,विद्यार्थी,जनप्रतिनिधि,स्थानीय,प्रदेश, केन्द्रिय सरकार लगायत आम व्यक्तिहरुको साथ र सहयोग अवश्य हुनु जरुरी छ ।
प्रधानाध्यापक मुख्य गरी शैक्षिक र प्रशासनिक व्यक्ति हो र उसलाई यसैमा केन्द्रित हुन दिनु जरुरी छ । एउटा प्रधानाध्यापक सवै क्षेत्रमा हात हाल्दा पक्कै पनि शैक्षिक प्रगतिमा गतिरोध उत्पन्न हुन्छ । विद्यालयको तत् तत्‌को जिम्मेवारी तत् व्यक्तिहरुले गरेमा र सवैले आ–आफ्नो दायित्व,काम कर्तव्य पुरा गरेमा सामुदायिक विद्यालयको शैक्षिक स्तर सुध्रन्छ र अघि बढ्दछ ।
विद्यालयमा प्रधानाध्यापकले पक्कै पनि खुला तथा स्वतन्त्र वातावरण पाएमा जिम्मेवारी साथ भूमिका निर्वाह गर्न सक्छ । विद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति गर्दा कुनै पनि किसिमको राजनैतिक हस्तक्षेप नहोस्,शिक्षक तथा कर्मचारीहरु जो कार्य सम्पादन राम्रो गर्दैन र पटक पटक भन्दा पनि गर्दैन त्यस्ताहरुलाई कारवाही गर्ने अधिकार होस् । कतैबाट पनि राजनैतिक हस्तक्षेप नगरी विश्वासको वातरण बनोस् । प्रधानाध्यापकले विद्यालय सुधारको लागि राखिएको प्रस्तावहरु अनुसार आर्थिक,प्रशासनिक,शैक्षिक तथा व्यवस्थापकीय पक्षहरुमा सम्बद्ध सवैको सहयोग र सहकार्य होस् अनि हामीले परिकल्पना गरेको जस्तो विद्यालय निर्माण हुन्छ । नेपालका अधिकांस सामुदायिक विद्यालयहरुमा आम सर्वसाधारण जनताका छोराछोरीहरु अध्ययन गर्न आएका हुन्छन्,जसको पहुँच र शक्तिको कमी, आर्थिक सामाजिक,सांस्कृतिक,भौगोलिक विकटता जस्ता कारणले बालबालिका प्रति अभिभावकहरुको लगानीमा कमी आउनु र उनीहरुको सिकाइमा कमजोर देखिनु स्वभाविक हो । यस्ता यावत् किसिमका सवालको जवाफ दिन प्रधानाध्यापक एक्लैले कति सम्भव होला, संभव हुने जति त प्रधनाध्यापकले गर्न सक्छ बाँकी सरोकार राख्ने विषयमा अन्य सरोकारवालाहरुको भुमिका पनि उतिक्कै हुन जरुरी छ ,तब मात्र सामुदायिक विद्यालयको शिक्षण सिकाई लगायत सम्पुर्ण पक्षको विकास हुन्छ ।
प्रधानाध्यापकलाई साँच्चै कार्यकारी भुमिकामा राख्ने हो भने र कुनैपनि बाह्य तथा भित्री तत्वहरुको नकरात्मक प्रभाव पार्न दिनुहुन्न र यसका लागि आम अभिभावक,शिक्षक,जनप्रतिनिधि र सरोकारवालाहरुको सहयोग जरुरी हुनु पर्दछ । प्रधानाध्यापकको हरेक भुमिकामा निष्पक्षता,सवैलाई मिलाएर लैजान सक्ने क्षमता,अभिभाकहरुसंग बारम्बार छलफल अन्तत्र्रिmया,स्थानीय,प्रदेश,संघीय सरकारसंग सहकार्य,विभिन्न क्षेत्रसंगको सहकार्य,शिक्षकहरुको अभिभावकत्व लिन सक्ने,आम विद्यार्थीहरुको आशाको केन्द्र, पेशागत इमान्दारिता र दक्षता, शैक्षिक योग्यता,पारदर्शिता,व्यक्तिगत तथा सामाजिक गुणले भरिपूर्ण,शिल,स्वभाव र आचरणयुक्त भएको व्यक्ति भएमा पक्कै पनि विद्यालयमा सुधार गर्न सक्छ ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.