
आखिर बदनाम गराएरै छाड्यौ तिमीले
दल छोडेर टाप कसे,
मन्त्री पदमै लोभिए।
टोपे,बादले,सुदने,जनार्दने
सत्तामा मुग्ध भएर बिग्रिए।
क्रान्तिकारीहरू भ्रान्तिए,
दर्शन र बिचार चुँडिए।
भ्रष्टाचारको आहालमा डुबिए,
साम्राज्यवादी नाइके भएर जन्मिए ।
आफू पनि डुबे अन्ततः,
बिरासतलाई पनि डुबाए,
जले आफै आगोले,
घरैसमेत जलाइदिए।
आफू पनि बदनाम भए
कम्युनिष्ट पार्टीलाई नै बदनाम गराए…..
