Khulla Bichar Online

नेकपा काभ्रेको परिचयात्मक बैठक सम्पन्न :

काभ्रे बनेपा पुस ५ गतेको सन्देश सभामा व्यापक जनपरिचालन गर्ने काभ्रे/नेपाली कम्युनिष्ट पार्टी काभ्रेको परिचयात्मक बैठक पार्टी एकता, वैचारिक स्पष्टता र संगठनात्मक मजबुतीको सन्देशसहित सम्पन्न भएको छ।  बैठक हितमान शाक्य (सुमन)को प्रमुख आतिथ्यतामा तथा सावित्रा भुसालको विशेष उपस्थितिमा सम्पन्न भएको हो। शाक्य तत्कालीन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव तथा भुसाल नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सचिव रहनु भएको थियाे। गोकुल गौतमको सञ्चालन र भोला अर्यालको सभापतित्वमा सम्पन्न बैठकमा दैबलाल घिसिङ (अनुशील) ले परिपत्र वाचन गरेका  थिए।

काभ्रेमा रहेका घटकहरु बीच पहिलोपटक संयुक्त रूपमा बसेको यो बैठकलाई ऐतिहासिक पहलका रूपमा लिइएको छ। बैठकले आगामी पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एकता सन्देश सभालाई सफल बनाउन काभ्रे जिल्लाबाट व्यापक जनपरिचालन गर्ने निर्णय गरेको छ। सहभागी नेताहरूका अनुसार उक्त सभा कम्युनिष्ट आन्दोलनलाई पुनः जनतासँग जोड्ने, निराशा चिर्ने र एकताको सन्देश देशभर फैलाउने महत्वपूर्ण अवसर हुनेछ। बैठकले एकताबद्ध कम्युनिष्ट आन्दोलनमार्फत सामाजिक न्याय, सुशासन र जनताको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको दिएकाे बताएका छन्।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.