
राजिव मोक्तान

तुङ्चलाई आमाले उपहार दिएको तारा,
ममताको प्रतीक, उज्यालोको जरा।
चेको शिरमा टल्किने त्यो नै चिन्ह,
विद्रोहको प्रकाश, सपनाको दिन।
जनमुक्ति सेनाको टाउकोमा चम्किने तारा,
बिभेद र अन्धकार चिर्छ, आशाको किनारा।
गोली र बारुदबीच पनि त्यो मुस्कुराउँछ,
स्वतन्त्रताका रक्तरन्जित बाटोहरू सम्झाउँछ।
रातो चक्किलो तारा,माक्सवादी बिचारधारा !