Khulla Bichar Online

एमाले ११औँ महाधिवेशनमा दुई प्यानलबीच प्रतिस्पर्धा

काठमाडौं / नेकपा (एमाले) को ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि दुई बलिया प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेल अलग–अलग प्यानलसहित मैदानमा उत्रिएका छन्।

केपी शर्मा ओली प्यानल ओली प्यानलबाट उपाध्यक्षमा रामबहादुर थापा, विष्णु प्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ र गुरु बराल रहेका छन्। महासचिवमा शंकर पोखरेल उम्मेदवार छन्। उपमहासचिवमा विष्णु रिमाल, खड्गवीर महतरा र लेखराज भट्ट छन्। सचिव पदका लागि शेरधन राई, हिक्मत काकी, भानुभक्त ढकाल, डा. राजन भट्टराई, खगराज अधिकारी, पद्माकुमारी अर्याल, यमलाल कँडेल, छविलाल विश्वकर्मा र महेश बस्नेतको उम्मेदवारी रहेको छ।

ईश्वर पोखरेल प्यानल पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट, विद्या पाण्डे, परशुराम मेची गुरुङ र अर्चना नेपाल रहेका छन्। महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार छन्। उपमहासचिवमा योगेश भट्टराई, बैजनाथ चौधरी र आनन्द पोखरेल छन्। सचिवमा विनोद ढकाल, कर्णबहादुर थापा, गोकुल बास्कोटा, रचना खड्का, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे र पुरुषोत्तम पौडेल उम्मेदवार बनेका छन्।

महाधिवेशनमा नीति, नेतृत्व र संगठनात्मक दिशाबारे फरक दृष्टिकोण प्रस्तुत गर्दै दुवै प्यानलले आ–आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन्। मतदानमार्फत नयाँ नेतृत्व चयन हुने तय भएको छ।

 

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.