
काठमाडौं , नेपाली कम्युनिष्ट पार्टीले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै सन्देश सभा आयोजना गर्दैछ। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित १६ दल मिलेर बनेको पार्टीले राजधानीमा आफ्नो राजनीतिक सन्देश प्रवाह गर्न लागेको हो।

सभाका लागि बिहान ११ बजे काठमाडौं उपत्यका तथा बागमती प्रदेशका १३ जिल्लाबाट नेता–कार्यकर्ताहरू र्यालीसहित भृकुटीमण्डप पुग्ने कार्यक्रम छ।
सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव कुमार नेपाललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका रहेको छ।
नेपाली कम्युनिष्ट पार्टीले यसअघि मधेस, गण्डकी, कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा सम्पन्न गरिसकेको छ।