Khulla Bichar Online

नेकपाको एकता सन्देश सभामा तामाङहरूको छुट्टै रौनक (फोटोफिचर)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देश सभामा तामाङ समुदायको उल्लेख्य र संगठित सहभागिताले छुट्टै रौनक थपेको छ। तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालका अध्यक्ष डिल्लीमान तामाङको नेतृत्वमा ब्यानरसहित माइतीघर मण्डलाबाट भृकुटीमण्डपसम्म तामाङहरूको विशाल र्‍याली पुगेको थियो।

र्‍यालीमा तामाङ समुदायको  सांस्कृतिक बाजा डम्फुको तालले सभास्थललाई थप उत्साहपूर्ण बनाएको थियो। तामाङ समुदायको सांस्कृतिक पहिचान झल्किने पहिरन र नारासहित सहभागी भएकाहरूले सभामा विशेष आकर्षण सिर्जना गरेका थिए।

मोर्चाका बागमती प्रदेश अध्यक्ष कर्म लोप्साङ तामाङका अनुसार बागमती प्रदेशका १३ वटै जिल्लाबाट हजारौँ तामाङहरूको सहभागिता रहेको थियो।

काठमाडौंको भृकुटीमण्डपमा आज आयोजित एकता सन्देश सभाका लागि सुन्धारा, शान्तिबाटिका लगायत विभिन्न स्थानबाट र्‍यालीहरू सुरु भएका थिए। बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र विशेष प्रदेश कमिटीको आयोजनामा सम्पन्न सभामा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरूले सम्बोधन गरेका थिए।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.