Khulla Bichar Online

श्रीखण्डपुर मा.वि. धुलिखेलको वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

धुलिखेल, काभ्रे।
श्रीखण्डपुर माध्यमिक विद्यालय, धुलिखेलको वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा शैक्षिक उपलब्धि, सम्मान तथा सांस्कृतिक प्रस्तुतीहरू समावेश गरिएका थिए।
कार्यक्रमको सञ्चालन शिक्षक शिव बञ्जाराले गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षक रोहित फुयाँलले व्यक्त गर्नुभयो। धन्यवाद मन्तव्य शिक्षक रामचन्द्र भट्टराईले दिनुभयो। कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोकचन्द्र धुजुले गर्नुभएको थियो।


विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक जुजुभाइ मानन्धरले प्रस्तुत गर्नुभयो। कार्यक्रममा मन्तव्य राख्दै सञ्जीवनी नमूना माध्यमिक विद्यालय, धुलिखेलका प्रधानाध्यापक टंक थापाले विद्यालयको शैक्षिक प्रगतिको प्रशंसा गर्नुभयो।
त्यसैगरी सामाजिक विकास कार्यालय, काभ्रेका कार्यालय प्रमुख तथा विद्यालयका अभिभावक रनमाया फ्याकले विद्यालयलाई उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्न शुभकामना व्यक्त गर्नुभयो।


कार्यक्रमको उद्घाटन धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्यान्जुले गर्नुभएको थियो। उद्घाटन सत्रमै मेयर ब्यान्जुले उत्कृष्ट शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई दोसल्ला ओढाई प्रमाणपत्र वितरण गर्दै बधाई तथा शुभकामना दिनुभयो।


कार्यक्रममा नगर शिक्षा प्रमुख डिकबहादुर राईले पुरस्कार वितरण गर्दै विद्यालयको शैक्षिक विकासमा नगरपालिकाको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.