
काठमाडौं । सडक बाघकाे पहिचान बनाएका अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्षहरू फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार बनेका छन्। नेपाली कम्युनिष्ट पार्टीले विभिन्न जिल्लाकाे उम्मेदवारी दिएका उनीहरूलाई जनताले प्रतिनिधिसभासम्म पुर्याउने विश्वास व्यक्त गरिएको छ।

प्रत्यक्षतर्फका उम्मेदवारहरू यसप्रकार छन्ः
देवप्रसाद गुरुङ – मनाङ
कृष्णध्वज खड्का – प्युठान
देबेन्द्र पौडेल – नवलपरासी–२
हितमान शाक्य – काठमाडौं–१०
लेखनाथ न्यौपाने – गोरखा–२
हिमाल शर्मा – काठमाडौं–६
रमेश कुमार मल्ल – सल्यान
रञ्जित तामाङ – झापा–५
अखिल (क्रान्तिकारी) नेतृत्व तहबाटै राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका यी उम्मेदवारहरूको निर्वाचनमा उल्लेख्य जनसहभागिता र सानदार उपस्थिति रहने विश्वास व्यक्त गरिएको छ। उनीहरूलाई अग्रिम बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिइएको छ।