Khulla Bichar Online

क्रान्तिकारी कम्युनिष्ट पार्टी परित्याग गरी ४९ नेता–कार्यकर्ता नेकपा प्रवेश

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल परित्याग गरी प्रदेशस्तरीय नेतासहित चार दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रदेश कमिटी सदस्य बुद्धिप्रसाद ढुङ्गना, शिखर गौतमलगायत ४९ जना नेता तथा कार्यकर्ता आज आयोजित कार्यक्रममा औपचारिक रूपमा नेकपा मा समाहित भएका हुन्। नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय संयोजक कमरेड प्रचण्डले स्वागत गर्नुभएको थियो।

प्रवेश कार्यक्रममा बोल्दै केन्द्रीय संयोजक प्रचण्डले क्रान्तिकारी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन वैचारिक स्पष्टता, संगठनात्मक एकता र जनतासँगको दृढ सम्बन्ध आवश्यक रहेको बताउनुभयो। उहाँले समाजवादको लक्ष्य प्राप्तिका लागि नेकपा भित्र एकताबद्ध भएर अघि बढ्न नवप्रवेशीहरूलाई आग्रह गर्नुभयो।

नेकपा प्रवेश गर्नेहरूमध्ये बुद्धिप्रसाद ढुङ्गना (प्रदेश कमिटी सदस्य), शिखर गौतम, रामचन्द्र ढुङ्गना, मन्दिरा ढुङ्गना, महेन्द्र ढुङ्गना, मिना ढुङ्गना, अमृत लामा, रामप्रसाद चौलागाईं, रामचन्द्र चौलागाईं, गोकुल चौलागाईं, केशव चौलागाईं, सन्तोष चौलागाईं, आशिष चौलागाईं, बासुदेव गौतम, दिनेश गौतम, रमेश गौतम, उमेश गौतम, उर्मिला गौतम, बेदप्रसाद चौलागाईं, बुद्धकुमारी गौतम, नारायण चौलागाईं, हेमबहादुर पराजुली, नमराज गौतम, सुनिल ढुङ्गना, विष्णुप्रसाद ढुङ्गना, लोकनाथ चौलागाईं, रमेश चौलागाईं, राजु बिक, वीरबहादुर बिक, कुमार तामाङ, प्रज्वल थापा, सिजन तामाङलगायत रहेका छन्।

नवप्रवेशी नेता तथा कार्यकर्ताहरूले क्रान्तिकारी कम्युनिष्ट पार्टीभित्र वैचारिक अन्योल, संगठनात्मक कमजोरी र जनसंघर्षसँगको दूरी बढ्दै गएको भन्दै नेकपामा आवद्ध हुने निर्णय गरेको बताएका छन्। उनीहरूले नेपाली कम्युनिष्ट पार्टी नै जनताको मुक्ति, समाजवादी रूपान्तरण र राष्ट्रिय स्वाधीनताको विश्वसनीय शक्ति भएको दाबी गरेका छन्।

पार्टी प्रवेशसँगै नेकपाको संगठनात्मक आधार अझ सुदृढ हुने र जनआधारित राजनीतिक संघर्षलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.