Khulla Bichar Online

खाँडादेवीको काखमा गणेश आधारभूत विद्यालयको स्वर्ण महोत्सव भव्य रूपमा सम्पन्न

काभ्रे । काभ्रेपलाञ्चोकको विकट क्षेत्र, चार जिल्लाको संगमस्थल खाँडादेवी मन्दिरको आडमा रहेको गणेश आधारभूत विद्यालयले आफ्नो स्वर्ण महोत्सव भव्य रूपमा मनाएको छ।

कार्यक्रमका सभापति सोनाम प्रधान रहनुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक विजय नापिटले गर्नुभएको थियो। विद्यालयका प्रधानाध्यापक बेलबहादुर प्रधानले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री एवं प्रदेशसभा सदस्य रत्नप्रसाद ढकाल रहनुभएको थियो। विशेष अतिथिहरूमा काभ्रे जिल्ला समन्वय समिति प्रमुख दीपक गौतम, चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाई, शिक्षा शाखा प्रमुख कालीप्रसाद पाण्डे, पूर्व प्रतिनिधिसभा सदस्य नबिना लामा, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष रामचन्द्र चौलागाई,नेकपाका केन्द्रीय सदस्य राजीब लामा संस्थापक प्रधानाध्यापक यादव भण्डारी, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिबहादुर प्रधान तथा व्यवसायी कपील प्रधान,असिम प्रधान जाेतिस भुर्तेल,लगायत छिमेकी बिद्यालयका प्रअहरु,संघ संस्थाका प्रतिनिधि  रहनुभएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले जोशिलो नृत्य प्रस्तुत गर्दै उपस्थित अतिथिहरूलाई मन्त्रमुग्ध पारेका थिए। साथै जिल्ला समन्वय समिति प्रमुख दीपक गौतमले विद्यालयका ५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको थियो।

२०३२ सालमा स्थापना भएको यस विद्यालय नेवार समुदाय (तौथली भाषा बोल्ने प्रधान जाति) को एकल बसोबास रहेको ठूलो भौगोलिक क्षेत्रमा शैक्षिक उज्यालो छर्ने केन्द्रका रूपमा परिचित छ।

स्वर्ण महोत्सवका अवसरमा संस्थापक सदस्य, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू, पूर्व शिक्षक, पूर्व प्रधानाध्यापक, चन्दादाता तथा सहयोगी व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा लोकदोहोरी गायक–गायिका युवराज चौलागाई, मञ्जु गौतम, विक्रम गौतम, नवराज घोरासायनी र आशा लामाले मनोरञ्जन दिएका थिए भने हास्यकलाकार भगवान खत्रीले भरपुर हास्य प्रस्तुत गर्नुभएको थियो।

अतिथिहरूले खाँडादेवी क्षेत्र तथा विद्यालयको समग्र विकासमा आफूहरू प्रतिबद्ध रहेको बताउनु भयाे।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.