Khulla Bichar Online

तिमीले खनेको गोरेटोहरुमा

-लाेक लामा,काभ्रे 

तिमीले खनेको गोरेटोहरुमा

अझै जुनकिरीजस्ता मान्छेहरु हिँडिरहेछन्

तिमीले बोलेको आवाजहरुमा

अझै बतासजस्ता आवाजहरु मिस्सिरहेछन्

तिमीले कोरेको गीतहरुमा

अझै ज्युँदो संगीतहरु भरिइरहेछन्

तिम्रो रगत र पसिनाले सिंचिएको यो भूमिमा

अझै नयाँनयाँ पालुवाहरु पलाइरहेछन्

बिगतमा के भो के भो नरुनु कठै

अतितका ती खतरा लाई नछुनु कठै ।

हो माया नै सब हो दुनियाँमा

मानले सदा पुज्नुपर्छ नभुल्नु कठै  ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.