Khulla Bichar Online

सिन्धुली –२ मा स्वतन्त्र उम्मेदवार वाईबाको दह्रो उपस्थिति, काँग्रेसभित्रको विवादले चुनावी समीकरण फेरियो सिन्धुली। प्रतिनिधि सभा सदस्य पदका लागि आगामी फाल्गुन २१

सिन्धुली। प्रतिनिधि सभा सदस्य पदका लागि आगामी फाल्गुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा सिन्धुली क्षेत्र नम्बर–२ को राजनीतिक माहोल थप तातिएको छ। स्वतन्त्र उम्मेदवार खड्ग बहादुर वाईबाले जनतासँगको सम्बन्धलाई घनिभूत बनाउँदै चुनावी अभियानलाई तीव्रता दिएका छन्।

यसअघि नेपाली काँग्रेसबाट उम्मेदवार बन्ने अन्तिम प्रतिस्पर्धामा रहेका वाईबाको टिकट केही आन्तरिक विवादका कारण खोसिएको थियो। त्यसपछि नेपाली काँग्रेसबाटै उम्मेदवार बनेकी सुशीला थिङले सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै आफू उम्मेदवार नबन्ने र रुख चिन्ह लिएर आउने उम्मेदवारलाई सहयोग गर्ने घोषणा गरेकी थिइन्। तर अन्ततः पार्टीले थिङलाई नै उम्मेदवार बनाएको थियो।

यस निर्णयप्रति असन्तुष्टि जनाउँदै वाईबा स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मैदानमा उत्रिएका हुन्। लामो समयदेखि नेपाली काँग्रेसमा आबद्ध रही सक्रिय राजनीति गर्दै आएका वाईबालाई स्थानीयस्तरमा राजनीतिक निष्ठा र इमानदारीको प्रतीकका रूपमा हेरिने गरिएको छ।

उनको स्वतन्त्र उम्मेदवारीले सिन्धुली–२ को चुनावी समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने आकलन गरिएको छ। स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार वाईबाको उम्मेदवारीले काँग्रेसको मत विभाजन हुने सम्भावना देखिएको छ भने मुख्य प्रतिस्पर्धा नेकपा (एमाले) सँग हुने अनुमान गरिएको छ।

वाईबाले भने पार्टीभित्रको निर्णय प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै आफू जनताको न्यायका लागि चुनावी मैदानमा आएको बताएका छन्। “लामो समयदेखि राष्ट्र र जनताको पक्षमा इमानदार र निष्ठापूर्वक काम गर्दै आएको छु। आगामी फाल्गुन २१ मा सिन्धुली–२ का जनताले न्याय दिनेमा म विश्वस्त छु,” वाईबाले बताएका छन्।

हाल उनी घरदैलो कार्यक्रम, भेटघाट तथा जनसंवादमार्फत निर्वाचन केन्द्रित अभियानमा सक्रिय देखिएका छन्।

सिन्धुली–२ को यो निर्वाचनले केवल उम्मेदवारबीचको प्रतिस्पर्धा मात्र होइन, पार्टीभित्रको आन्तरिक समीकरण र जनमतको दिशालाई समेत स्पष्ट पार्ने अपेक्षा

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.