२०८३ असार १५ गते
२०८३ असार १५ गते
"म रोपाहार हुँ " ✍️रचना मोक्तान यात्री पहाडका थुम्काहरूले वर्षा ऋतुको रिमझिम बहारलाई धर्ती भिज्ने गरी खन्याएपछि आँखामा बिहान मिचेर कानमा भालेको अलाराम सँगै परेलीमा घाम जन्माउने रोपाहार हुँ म । चूल्ठोमा कोम्हेन्दो सिउरेर कम्मरमा गुन्युको सप्को लगाउँदै संगीनिको ओठ सँगै चाहना सुसेलेर घुमको पछ्यौरीले कपाल ढाक्दै खुट्टामा बाटो…