Khulla Bichar Online

श्री टाँसी बाल विकास विद्यालयका ३० विद्यार्थीले न्यानो कपडा पाए।

काभ्रेपलाञ्चोक, पुस ७ – काभ्रेको चौरीदेउराली गाउँपालिका–२, नाग्रेगगर्चे स्थित बाँझखेतको श्री टाँसी बाल विकास आधारभूत विद्यालयका ३० जना बालबालिकाले नयाँ ट्याकसुट सेट र टिसर्ट पाएका छन्।

जाडो मौसमलाई लक्षित गर्दै अमेरिका बसोबास गर्ने यसै विद्यालयका पूर्व प्रधानाध्यापक अमल लामाको सहयोगमा ३० जना विद्यार्थीलाई ट्याकसुट सेट वितरण गरिएको हो। न्यानो कपडा वितरण कार्यक्रमबारे जानकारी दिँदै विद्यालयकी प्रधानाध्यापक लक्ष्मी लामाले पूर्व प्रधानाध्यापक अमल लामाप्रति कृतज्ञता व्यक्त गरिन्।

ट्याकसुट वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष दम्जे दोर्जे लामाको सभाध्यक्षता, संस्थापक सदस्यहरूको आतिथ्य, अमल लामाको आमा फुलमाया तामाङ र वडा सदस्य देबी श्रेष्ठको प्रमुख आतिथ्यमा संयुक्त रूपमा सम्पन्न भएको थियो।

कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष प्रकाश योञ्जन तामाङ, विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ग्रामीण भेगका बालबालिकाको शिक्षामा निरन्तरता, प्रेरणा र उत्साह जगाउने उद्देश्यले गरिएको पुर्ब प्रअकाे यो सहयोगले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीय अभिभावकहरूले बताएका छन्।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.