Khulla Bichar Online

समाजवादी शिक्षा कि पूँजीवादी शिक्षा ?

चेतबहादुर लामा
एकीकृत अखलि नेपाल शक्षिक संंगठन


शिक्षाशास्त्री पाउलो फ्रेरे भन्छन् “शिक्षा कहिल्यै पनि तटस्थ हुँदैन” । यसको मतलव राज्यको चरित्र, नेतृत्व र राज्यसत्ताको विचारधाराले शिक्षालाई निर्दिष्ट गर्दछ । नेपालका कम्युनिस्ट पार्टीहरुले स्थापनाकालदेखि जनवादी शिक्षाको वकालत गरे । अहिले संविधानमा समाजवाद उन्मुख समाज भनी उल्लेख भएपछि नेपाली समाजमा वामपन्थीहरुका वीच समाजवादी शिक्षाको थोरै बहस शुरु हुन थालेको छ । नेपाली परिवेसमा यी दुवै प्रकारका शिक्षाका विषेशता सन्दर्भमा केही मौखिक बहसका अलावा मूर्त मार्गचित्र भने आउन सकेन ।

जनवादी शिक्षाको अवधारणा चिनिया मोडेल हो । सन् १९४९ मा चिनियाँ क्रान्ति हुँदा त्यहाँको समाज अर्धसामन्ती र अर्ध औपनिवेसिक चरित्रको रहेको र त्यस्तो चरित्र रहेको समाजमा कम्युनिस्ट पार्टीको नेतृत्वमा गरिने पूँजीवादी क्रान्ति (शास्त्रीय होइन) जनवादी क्रान्ति हुने र क्रान्ति पश्चात कम्युनिस्ट पार्टीको एकल नेतृत्वमा राज्यसत्ता सञ्चालन हुने पद्दती जनवादी राज्य पद्दती हुने भनिएको थियो । त्यस्तो समाजलाई समाजवादको प्रारम्भिक चरण भनिएको थियो ।

नेपालमा पुष्पलालले यही दृष्टिकोणबाट नयाँ जनवादी लाइनको चर्चा गरे र शिक्षाको बहसमा पनि सोही विचार प्रस्फुटित भयो । अब चीनमा समेत सी विचारधारालाई मार्गदर्शक सिद्धान्तका रुपमा अगाडि सारिएको र नेपालको पनि चरित्र फेरिएको अवस्थामा चिनियाँ समाजबादी शिक्षालाई ३ चरणमा अध्ययन गर्न सक्छौं ।

माओ काल : माओले आफ्नो सम्पूर्ण उर्जा सामन्तवादी संस्कृतिलाई ध्वस्त पार्नमा खर्चिए । सन् १९५८ मा महान अग्रगामी छलाङ्को कार्यक्रम ल्याए जहाँ शिक्षा पद्दतिलाई सामन्तवादको भर्याङ भनी यसलाई उल्टाइदिने प्रयास गरे । सो अभियान सन् १९६१ मै असफल भयो । १९६६ मा फेरि सांस्कृतिक क्रान्ति शुरु गरियो । यस समयमा तमाम विद्यालयहरु बन्द भए । अहिलेका राष्ट्रपति सी समेत विद्यालयबाट बञ्चित भएका थिए ।

त्यतिबेला शहरका शिक्षक गाँऊमा शारीरिक श्रम गर्न पठाइयो । शिक्षकलाई टर्चर दिइयो । विदेशी प्रविधि प्रयोग नगर्ने नाममा हाते मेसिन बनाउन लगाइयो । उत्पादक शक्तिको स्वतन्त्रता भनियो । शिक्षामा त्यस समयलार्ई विनिर्माण (डिकन्स्टक्शन) कालका रुपमा चिनिन्छ भने आलोचकहरु यसलाई अन्धकारको समय पनि भन्छन् ।

तेङ स्याओपिङ काल : सन् १९७८ पछि २०१२ सम्मको समयलाई चिनियाँ शिक्षामा आधुनिक शिक्षाको काल मानिन्छ । तेङले बन्द आर्थिक नीतिको ठाँउमा समाजवादी बजार अर्थ नीति अंगाले । चारवटा क्षेत्र—कृषि, उद्योग, सुरक्षा र विज्ञान तथा प्रविधिमा आधुनिकीकरणको कार्यक्रम अगाडि सारे । उत्पादक शक्तिको स्वतन्त्रामात्रै नभएर विस्तार पनि गर्ने भने । विश्व बजारलाई खुला गरे । शिक्षामा प्रविधि प्रयोग र विकासमा निकै जोड दिइयो । वर्तमान चिनियाँ प्रविधिको अब्बलता यसैको परिणति हो ।

सी चिनफिङ काल : सन् २०१२ पछि सीले विगतप्रति कृतज्ञ हुँदै चीनलाई नयाँ मोडमा लैजान खोजेका छन् । मार्क्सवादलाई चिनिया परम्परागत मूल्य मान्यतासँग जोड्न खोजेका छन् । चिनियाँ विषेशतासहितको समाजवादको व्याख्या गर्दै सी भन्छन् “बैज्ञानिक समाजवादी सिद्धान्त र चीनका ऐतिहासिक समाज विकासका सिद्धान्तहरुको एकीकरण नै चिनियाँ समाजवाद हो । उनले शिक्षालाई नैतिकता, मेहनत र चौतर्फी विकासको मूख्य माध्यम मानेका छन् ।

यी ऐतिहासिक जगमा अहिलेको चिनियाँ शिक्षा पद्दति अगाडि बढेको छ । यी तीनवटै नेताले चीन समाजवादको प्रारम्भिक अवस्थामा रहेको बताएका छन् । यसको मतलव, चीन अहिले पनि समाजवादको प्रारम्भिक अवस्थामा छ । तीनै जनाले चिनियाँ विषेशता सहितको समाजवाद भनेका छन् । त्यस्तै ४ वटा मुख्य सिद्धान्तहरु समाजवादी मार्ग, जनवादी अधिनायकत्व, कम्युनिष्ट पार्टीको नेतृत्व र माक्र्सवाद, लेनिनवाद र माओवादमा प्रतिवद्ध रहेको छ चीन ।

सी भन्छन् “समाजवादले मात्रै चीनलाई बचाउँछ र चिनियाँ विषेशतासहितको समाजवादले मात्रै चीनको विकासको नेतृत्व गर्न सक्छ” । यसैगरी पार्टीको मुख्य मार्गनिर्देशक मान्यता एकल केन्द्रीय कार्य (आर्थिक विकास) र दुई आधारसुत्र (चार मुख्य सिद्धान्त र सुधार तथा खुला नीति) रहेका छन् ।

चारवटा प्रयोग–शासकीय अभ्यास, सुधार तथा खुला समाजको निर्माण, बजार अर्थतन्त्रको विकास र विश्वव्यापी विकासको अभ्यासप्रति दृढ छ भने चार जोखिम– आलस्यता, असक्षमता, जनताबाट अलग हुने सम्भावना र भ्रष्टाचारबाट सजग रहने मान्यता छ । यी सबै मान्यतालाई व्यवहारिक रुप दिने काम शिक्षाले गर्ने हुँदा शिक्षा पनि यी मान्यतामा उभिएको छ ।

चीनको शिक्षा आर्थिक विकास मात्र नभएर राजनीतिक, सामाजिक, सास्कृतिक र पर्यावरणीय विकासमा परिलक्षित छ । भारतीय विश्लेषक अमत्र्य सेनले भनेजस्तो ‘क्वालिटी एप्रोच’ मा आधारित छ । ज्ञानलाई पूँजीको रुपमा लिइएको छ । त्यसैले त्यहाँ विश्वस्तरका विश्वविद्यालयहरु खोल्ने प्रतिश्पर्धा चलेको छ । विश्वका ‘बिग माइन्ड’ आयात गर्न लालायीत छ । विदेशी विद्यार्थीलाई प्रशस्त छात्रवृत्ति दिइएको छ भने आफ्ना विद्यार्थी विदेशमा पढ्न पठाइएको छ ।

माओ भन्छन् ‘जनताका अगाडि हामी सधैं विद्यार्थी बन्नुपर्छ’ । यही मान्यताका आधारमा जनताबाट सिक्ने, किसानको घरखेतमा जाने, संगै काम गर्ने अनि कामबाट सिक्ने पद्धतिलाई निरन्तरता दिएको छ । सामाजिक सामञ्जस्यता र शान्तिपूर्ण विकासमा जोड दिइएको छ । बीआरआईजस्तो विकासको वीन वीन मोडेल अगाडि सारिएको छ । शिक्षा पद्धतिमा समेत ‘नो कपी, नो रिजेक्ट’ को नीति लिइएको छ । चीनले अरु कुनै अमूक देशको पद्धति जस्ताको त्यस्तै अयात गर्दैन । तर, अस्वीकार नगरी वैधानिकीकरण गर्छ ।

अहिले चीनले सबैभन्दा बढी जोड दिएको क्षेत्र कृत्रिम बौद्धिकता (एआइ) हो । व्यापारिक कुशलता, मिहिनेत, जीवनमूखी, प्राग्मेटिक, सामुहिक कार्यमा विश्वास आदि चिनियाँ जनताका विषेशता हुन् । शिक्षामा यी विषेशताहरुको भरपुर उपयोग गरिएको छ । बुद्ध दर्शन, ताओइजम, कन्फ्युसियनिजम जस्ता ऐतिहासिक दर्शनलाई नैतिकता र आचरण विकासका आधार मानिएको छ । अब चीन शिक्षाको हब बन्ने निश्चित छ ।

नेपालले के सिक्ने ?

नेपालमा न त चीनमा जस्तो अर्थतन्त्र छ, न त राजनीतिक व्यवस्था वा संस्कृति नै मिल्दो छ । संविधानमा समाजवादउन्मुख समाज भने पनि समाजवादका प्रारम्भिक आधार समेत तयार हुन सकेको छैन । अर्थतन्त्रमा दलाल पूँजीवाद हावी छ । राजनीतिमा बहुदलीय प्रतिश्पर्धा छ । संस्कृतिमा व्यापक विविधता छ । लोकतन्त्रका नाममा अराजकता मौलाएको छ । विदेशी संस्कृति र आयातीत प्रविधिले नेपालीपन खुइलिँदैछ । त्यसैले सीबाट नेपालले कपी होइन पाठ सिक्नु पर्छ, जुन निम्न हुन सक्छन् ।

१. नेपाली विषेशतासहितको समाजवादी शिक्षा : बहुलतामा आधारित लोकतान्त्रिक मूल्यसहितको राजनीतिक जगको विकास, हिमाल, पानी, जडिबुटी, बन, जस्ता प्राकृतिक स्रोतको उपयोग गर्ने शिक्षा जरुरी छ । उपनिषदले भनेजस्तो परा र अपरा विद्यालाई जोड्ने काइदा खोज्न सकिन्छ यहाँ । परम्परागत ज्ञान, सीप र प्रविधि भित्रको ऐतिहासिकता, बैज्ञानिकताको अध्ययन र विस्तार गर्न सकिन्छ । भूगोल सानो छ तर बुद्धिमा नेपाली अब्बल सावित भएका छन् । त्यसैले, मानवीय पूँजीको विकास गर्न सकिन्छ । अहिले हामीले अधिकारमा आधारित एप्रोचमात्र प्रयोग गरेका छौं यहाँ बहुआयामिक ‘क्वालिटी एप्रोच’ प्रयोग गर्न सकिन्छ ।

२. मार्क्सवाद र पूर्वीय दर्शनको मिलान : सीले जसरी बैज्ञानिक समाजवाद र चिनियाँ परम्परागत दर्शनको फ्युजनलाई चिनियाँ विषेशता सहितको समाजवाद भने, त्यसैगरी नेपालमा पनि मार्क्सवाद र पूर्वीय दर्शनको मिलान गर्न जरुरी छ । बुद्ध दर्शन, बेद, आदिमा संस्कार छ । नैतिकता छ । राजनीति छ र यी नेपालीका जीवन दर्शन पनि हुन् । त्यसैले जीवनलाई व्यवहारिक बनाउन र नेपाली चरित्र मुताविक पहिचान राखिराख्न शिक्षाको दार्शनिक आधार यी दुईको मिलानलाई मान्न सकिन्छ ।

३. राज्य निर्मित सामाजिक पूँजीको विकास : अहिले नेपालको शिक्षामा बड्र्युले भने जस्तो सांस्कृतिक पूँजीको प्रभाव बढी छ । पुनरुत्पादकीय पद्दति हाबी छ । कतैकतै सामाजिक पूँजीको पनि प्रभाव छ । यसले गर्दा निजी विद्यालय फस्टाउने र सामुदायिक अस्ताउने भएका छन् । शिक्षाले वर्ग निर्माण गरेको छ । धनी र गरिब बीचको खाडल गहिरिँदै गएको छ । जात, वर्ग, क्षेत्र आदिका आधारमा सिकाइको खाडल झन भासिँदो छ । यस्तो अवस्थामा कोर्नोयले भनेजस्तो राज्य निर्मित सामाजिक पूँजीको विकास गर्न जरुरी छ ।

राज्यले नै पछाडि परेका वर्गका वालवालिकाको शिक्षामा पद्धतिगत रुपमै उपयुक्त सिकाइ वातावरणको निर्माण गर्दछ भने त्यसलाई राज्य निर्मित सामाजिक पूँजी भनिन्छ । यही मान्यता चीनमा प्रयोग गरियो र राज्यले सबैको समान अवसरको निर्माणमा नेतृत्व गर्‍यो । शिक्षालाई निशुल्क गरियो । शिक्षाको सम्पूर्ण खर्च राज्यले व्यहोर्‍यो । यही नै सामाजिक विभेदीकरणको अन्त्य गर्ने अस्त्र बन्यो ।

राज्यले शिक्षामा प्राथमिकता दिने हो भने राज्यले विद्यालय शिक्षाको सम्पूर्ण जिम्मा लिन सक्छ । सबैलाई एउटै सेवा सुविधासहितको पठन पाठनको अवसर दिन सकिन्छ । यसबाटै विभेदीकरण हटाउन सकिन्छ । यसबाट सामाजिक न्याय स्थापित हुन्छ ।

अमेरिकी शिक्षा प्रणाली र प्रतिस्पर्धा र श्रेष्ठतामा आधारित छ ।सामान्यतया यहाँको शिक्षा गुणस्तरीय, बालमैत्री, प्रविधिमैत्री र आधुनिक प्रकृतिको छ जसले विश्व बजारमा सजिलै प्रवेश पाउँछ । शिक्षाको तहगत संरचनालाई हेर्ने हो भने नेपालको र अमेरिकाको शिक्षा प्रणालीको स्वरुप मिल्दोजुल्दो देखिन्छ । नेपालमा विसं २०२८ सालको नयाँ शिक्षा पद्धतिको योजना अमेरिकी मोडलमा नै सञ्चालन भएको थियो भन्ने गरिन्छ । त्यसै कारणले नेपालको र अमेरिकाको शिक्षा प्रणालीमा मेल खाएको हुनसक्छ । नेपालको हालको शिक्षा पद्धति पनि मूलभूत रुपमा NESP कै नीति, मापदण्ड, मान्यता र सिद्धान्तमा सञ्चालन भैरहेको छ ।

पूँजीबादी मुलुक अमेरिकाको विद्यालय शिक्षाको सानो झलक:

Pre-Schooling in America

  • बालबालिका जन्मेको २ वर्षदेखि ६ वर्षसम्मको अवधिलाई preschool period भनिंदो रहेछ ।पूर्व विद्यालय शिक्षा सशुल्क रहेछ । राज्यबाट कमजोर वर्गको रुपमा सूचीकृत (वार्षिक रुपमा तोकिए भन्दा कम आय भएका) परिवारका लागि मात्र नि:शुल्क व्यवस्था हुने रहेछ । प्रिस्कूलमा बालबालिकाले समुहमा काम गर्ने र सिक्ने गर्दछन् ।यसमा उनीहरुले विशेषत: सामाजिक गुणको विकास गर्दछन्, भाषिक सीपको अभिवृद्धि हुन्छ र आत्मनियन्त्रणको कला सिकेका हुन्छन् ।यसमा बालबालिकाको चौतर्फी विकासका लागि शिक्षकहरुको सहयोग र सहजीकरण आवश्यक पर्दछ ।
  • Preschool teacher ले बालबालिकालाई मुख्यत: देहायका क्रियाकलापहरु गराउने रहेछन्
  • Teach children basic skills such as indentifying colors, shapes, numbers and letters
  • Work with children in groups or one on one, depending on the needs of children and on the subject matter.
  • Plan and carry out a curriculum that focuses on different areas of child development. Etc.

Pre-primary school विभिन्न प्रकारका हुँदा रहेछन् । जस्तै

  • Kindergarten
  • Nursery schools
  • Preschool programs
  • Child/Day care centers
  • प्रिस्कूलको शिक्षणमा Riggio Emilia Method (Self directed learning procedure), Play Way Method, The Waldorf Method, The Bank Street Method, The Montessori Method प्रयोग हुने रहेछ ।
  • Pre-school programs सबै अनौपचारिक प्रकृतिको हुने रहेछ ।यो विशेषत: ३ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई दिइन्छ । यसपछि किन्डरगार्टेन लगायत १० वर्षको उमेरसम्ममा Elementary level सकिन्छ ।

School level Education in America

  • किन्डरगार्टेन देखि कक्षा १२ सम्मको विद्यालय शिक्षालाई School level education भनिदो रहेछ जुन राज्यले नि:शुल्क दिने व्यवस्था रहेछ । नि:शुल्क नाम मात्रको नभएर वास्तविक रूपमा नि:शुल्क रहेछ । बालबालिकाको घरबाट स्कुलसम्म र स्कुलबाट घरसम्म निशुल्क बस सेवा, कुनैपनि शुल्क नलाग्ने, विहानको व्रेकफास्ट, लन्च र दिउँसोको टिफिनसमेत सरकारको तर्फबाट उपलब्ध हुने रहेछ ।
  • यहाँको संघीय सरकारले शैक्षिक नीति तयार गर्ने, विभिन्न प्रशासनिक संरचना निर्माण, अन्तर निकाय समन्वय र वैदेशिक सम्बन्धका विषय मात्रै हेर्ने रहेछ । विद्यालयको पाठ्यक्रम, पाठ्यपुस्तक तथा शिक्षक निर्देशिका आदि निर्माण र कार्यान्वयन गर्ने अधिकार राज्य सरकार अन्तर्गतको State Education Officials मा रहेछ । साथै स्थानीय तह (County)ले स्थानीय पाठ्यक्रम बनाउने रहेछ ।
  • पाठ्यक्रम बनाउदा बालबालिकाको वैयक्तिक,शारीरिक, सामाजिक, संज्ञानात्मक, नैतिक, मनोवैज्ञानिक र संवेगात्मक पक्षको विकासमा जोड दिइने रहेछ ।
  • विद्यालय सम्बन्धि सूचना प्रणाली (EMIS) सालबसाली रूपमा अपडेट गरिने रहेछ जसमा Student attendence, family and student portal, grading, communication center, payment system, donor management and reporting जस्ता कुराहरू समावेश हुने रहेछन् ।
  • तहगत संरचना हेर्दा K/1- 5 Elemantary level, Grade 6-8 Middle School, Grade 9-12 High School. रहेछ ।
  • शिक्षणका लागि शिक्षकलाई चाहिने शैक्षिक सामग्री मध्ये ९०% शिक्षकले आँफै निर्माण तथा संकलन गर्नुपर्ने रहेछ ।
  • विद्यालय शिक्षामा जम्मा चारवटा विषयहरु अंग्रेजी, गणित, विज्ञान र सामाजिक अध्ययन अनिवार्य रूपमा अध्यापन गरिदो रहेछ । यसका अतिरिक्त विद्यालयले Holistic approach अन्तर्गत कक्षा १० भन्दा पछाडि ऐच्छिक विषयको रुपमा Vidual and performing arts, foreign languages, physical education and technology प्रदान गर्ने प्रावधान रहेछ ।
  • उच्च शिक्षा अध्ययनका लागि १२ क्यालेण्डर वर्षको पढाइ पुरा गरेकै हुनुपर्ने व्यवस्था रहेछ ।कक्षा १२ सम्मको अध्ययन अनिवार्य रहेछ जुन शिक्षा बालबालिकाले १६ वर्षको उमेरमा पुरा गर्दछन् (केही राज्यमा १८ वर्ष पनि छ)
  • अमेरिकामा सन् १८३० देखि मात्र माध्यमिक तहको शिक्षा अनिवार्य र निशुल्क हुने व्यवस्था भएको रहेछ ।
  • परीक्षामा लेटरग्रेडिङ् सिष्टम नै लागू हुने रहेछ । सामान्यतया Unweighted Subject लिएकोमा बढिमा 0 GPA भन्दा बढी नआउने रहेछ तर कुनै विद्यार्थीले Weighted subject लिएर Advanced course पूरा गरेको छ भने उसलाई पुरस्कार स्वरूप 4 भन्दा बढी GPA बाट पनि award गरिने रहेछ । यो चाहिँ विषय र यसको कठिनाइ स्तरका आधारमा फरक फरक मापदण्डमा अंकभार तोकिने रहेछ । सामान्यतया राम्रा नाम चलेका विश्वविद्यालयमा प्रवेशका लागि GPA more than 4.0 आवश्यक हुँदोरहेछ । अमेरिकाको यो कुरा नयाँ लाग्यो ।
  • विद्यालयको शैक्षिक गुणस्तर र उपलब्ध सेवा सुविधाका आधारमा सालबसाली रूपमा विभिन्न ६ वटा क्षेत्रमा विभिन्न सूचकहरूका आधारमा स्तरीकरण (Accreditation/Ranking) हुने रहेछ । नेपालमा लागू गरिएको विद्यालय स्तरीकरणको ढाँचासँग यो हुबहु मिलेको देखियो । स्तरीकरणको नतिजाका आधारमा संघीय सरकारले विद्यालयलाई के कति अनुदान दिने भन्ने किटान हुने रहेछ । साथै अभिभावकले बालबालिकाका लागि विद्यालय रोज्नु पर्दा पनि यसका आधारमा कहाँ भर्ना गर्ने भन्ने छनौटको एउटा आधार हुने रहेछ ।
  • यहाँको शिक्षा प्रशासन हेर्ने निकाय Department of Education रहेछ । विद्यालय तहको अन्तमा लिइने परीक्षा The College board ले लिने रहेछ । साथै राज्य पिच्छेका State board of Education पनि रहेका छन् ।
  • विद्यालय सुपरिवेक्षणको मूल दायित्व प्रिन्सिपललाई सुम्पिएको छ । उसले शिक्षकहरूको कक्षा अवलोकन, नमूना अभ्यास, शिक्षण सिकाइ प्रक्रिया, शिक्षकको व्यक्तित्व, शिक्षक-विद्यार्थी अन्तरक्रिया, पाठ नोट(Lesson plan) र पाठको प्रस्तुतीकरणका आधारमा मूल्यांकन तथा सुपरिवेक्षण गर्दछ । यसका आधारमा आवश्यक पृष्ठपोषण पनि दिने गर्दछ ।
  • विद्यालयको प्रिन्सिपल (प्रअ) ले शिक्षकको पेशागत सहयोगका लागि प्रत्यक्ष सहयोग, समूह निर्माण, पेशागत तालिम,पाठ्यक्रम विकास र कार्यमूलक अनुसन्धान (Action research) को विधि अख्तियार गरेको हुन्छ ।
  • राज्यले स्तरयुक्त परीक्षाको माध्यमबाट शैक्षिक गुणस्तर मापन गर्दछ र सोको आधारमा विद्यालयको Ranking गर्दछ ।

अमेरिकामा हाल ९८२७१ वटा विद्यालय रहेछन् जसमा करीब ३० हजार निजी विद्यालयहरू रहेका छन् ।

  • विश्वमा उच्च कोटीका विद्यालयहरू भएको पहिलो देश अमेरिका रहेछ, दोस्रोमा वेलायत र तेस्रोमा जर्मनी पर्दोरहेछ ।

Higher Education in America

  • अमेरिकामा उच्च शिक्षा अन्तर्गत स्नातक तह ४ वर्षे, स्नातकोत्तर तह २ देखि ३ वर्ष (विषय अनुसार) तथा विद्यावारिधि (D.) का लागि ७ देखि ८ वर्षसम्म लाग्ने अवस्था रहेछ ।Doctoral Degree यहाँको सबैभन्दा माथिल्लो शैक्षिक उपाधि हो ।यसमा Doctor of Medicine (MD), Doctor of Education(EdD) , Juris Doctor(JD) Doctor of Engineering in various subjects आदि पर्दछन् ।
  • अमेरिकामा उच्च शिक्षा अध्ययन गर्न अत्यन्त महंगो छ । अमेरिकी नागरिक जो राज्यले तोकेभन्दा कम वार्षिक आय हुने परिवारका छोराछोरीलाई केही सहुलियत हुन्छ, कि त पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सक्ने विद्यार्थीले मात्र यो अवसर पाउँछ । उच्च शिक्षा Self funding मा पढ्ने भन्ने कुरा त धनाढ्यका बालबालिकाका लागि मात्र संभव छ ।सामान्य व्यक्तिले त स्वलगानीमा पढाउने प्रयासै गर्दैनन् । सामान्य विषय अध्ययनका लागि स्नातक तह पुरा गर्नका लागि सामुदायिक कलेजमा वार्षिक ८००० देखि ३५००० डलरसम्म र सोही तहका लागि प्राइभेट कलेजमा पढ्नका लागि वार्षिक २५००० देखि ५५००० डलरसम्म खर्च हुने रहेछ । सामान्य व्यक्तिका लागि यो रकम निकै ठूलो हो ।
  • अमेरिकामा सामुदायिक कलेजका लागि राज्यले राम्रो लगानी गरेको छ ।
  • यहाँको उच्च शिक्षामा सेमेस्टर सिष्टम लागू हुने रहेछ जसमा एक वर्षमा तीनपटक (४-४ महिनामा) परीक्षा हुने रहेछ ।
  • हावर्ड तथा स्टानफोर्ड जस्ता प्रतिष्ठित विश्वविद्यालयहरुमा भर्नाका लागि कक्षा १२ मा कम्तिमा 9 देखि 4.1 सम्म जिपिए ल्याउनु पर्ने हुन्छ । यसका लागि विद्यार्थीले विद्यालय तहमा Advanced course पनि पढेको हुनुपर्दो रहेछ ।
  • अमेरिकी सरकारले विश्वविद्यालय सञ्चालन तथा अनुसन्धानका क्षेत्रमा अथाह लगानी गरेको छ । यहाँको स्नातकोत्तर (Masters Degree) र विद्यावारिधि तह (D.) अत्यन्त गुणस्तरीय र महंगो रहेको छ ।
  • अमेरिकामा Harvard, Stanford, Columbia, Princeton,Chicago, Yale, Barkeley, MIT जस्ता विश्व विख्यात विश्वविद्यालयहरु रहेका छन् ।यहाँ विश्वभरीबाट हजारौं विद्यार्थीहरु अध्ययन गर्न आउँछन् ।

Conclusion:

  • समग्रमा हेर्दा अमेरिकाको शिक्षा गुणस्तरीय, बालमैत्री र प्रविधिमैत्री छ । यहाँका Pre-Schooling, School Level and Higher level का लागि राज्यले ठुलो लगानी गरेको छ । अमेरिकी संघीय सरकार (Federal Government) ले आफ्नो कूल वार्षिक बजेटको ३ प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगानी गरेको छ । यहाँ रहेका पचासवटा राज्यले शिक्षामा थप पर्याप्त लगानी गरेका छन् । शिक्षालयहरु अत्यन्त स्रोतपूर्ण, आकर्षक र साधनस्रोत सम्पन्न रहेका छन् । विद्यालय कम्पाउण्ड भित्र पसिसकेपछि एउटा बच्चालाई अनुकूल र सहज वातावरणमा सिक्नका लागि के के चिजको आवश्यकता पर्छ ती सबैकुरा उपलब्ध छ । त्यहाँको वातावरण स्वच्छ छ, भवनहरु सुरक्षित, अपाङ्गतामैत्री र बालमैत्री छन् । सैद्धान्तिक ज्ञान तथा प्रयोगात्मक कक्षाका लागि पर्याप्त आधुनिक प्रयोगशालाहरु रहेका छन् । विद्यालय भित्र Indoor or Outdoor games का लागि खेलमैदान तथा आवश्यक सामग्री एवं उपकरणहरु, प्रशिक्षकहरु, Swimming Pool, Canteen, Fitness Centers, Musical Instruments, Libraries, Medical Centre with doctor and nurses, Vehicles को राम्रो प्रबन्ध रहेको हुन्छ । हामीलाई लाग्छ यस्ता विद्यालयमा पढ्न पाउने बालबालिकाहरु भाग्यमानी हुन् ।
  • अमेरिकामा प्राथमिक तहका शिक्षकको तलब वार्षिक रुपमा ४८७५० डलर (प्रति घण्टा २३.४४ डलर) रहेको छ । यस तहमा प्रवेश गर्नासाथ ३८६१० बाट शुरु भएर अनुभवी शिक्षकको तलब ८२५४६ डलरसम्म हुने व्यवस्था रहेको छ । तह वढ्दै जाँदा स्वाभाविक रूपमा तलब र अन्य सुविधा पनि बढ्दै जान्छ ।
  • विश्वविद्यालयका प्रोफेसरलाई त राष्ट्रपतिलाई भन्दा बढी सुविधा र सम्मान रहेछ । अधिकार पनि असिमित दिइदो रहेछ ।
  • अमेरिकाबाट हामीले सिक्नुपर्ने कुरा के हो भने यदि देशको समग्र विकास र समृद्धि चाहने हो भने शिक्षा क्षेत्रमा लगानी गर्न कञ्जुस्याँइ गर्नु हुँदैन । विद्यालयहरु साधनस्रोत र सुविधासम्पन्न बनाइनु पर्दछ । शिक्षक/प्रधानाध्यापक वा प्रोफेसरहरूलाई व्यापक सुविधा, अवसर र जिम्मेवारी दिइनुपर्दछ । उनीहरूलाई स्वतन्त्र ढंगले काम गर्ने वातावरण प्रदान गरिनु पर्दछ । आधुनिक सूचना प्रविधिको उच्चतम् प्रयोग गरिनुपर्दछ । विद्यालयमा काम गर्ने शिक्षक कर्मचारीहरुलाई पनि पर्याप्त सुविधा दिइनुपर्छ ताकि उनीहरुले मन वचन र कर्मले लगनशीलताका साथ काम गर्न सकुन् । बालबालिकाको सर्वतोमुखी विकासका लागि राज्य हदैसम्म उदार र सकारात्मक बन्नुपर्छ साथै शिक्षा राज्यको पहिलो प्राथमिकताको क्षेत्र बन्नुपर्दछ

समाजबादी शिक्षा र पूजीबादी शिक्षा बीच फरक

समाजवादी शिक्षापूँजीवादी शिक्षा दुई फरक दृष्टिकोणबाट शिक्षा प्रणालीलाई परिभाषित गर्ने सिद्धान्तहरू हुन्। यी दुवै शिक्षा प्रणालीले शिक्षा, समाज, र व्यक्तिको भूमिका सम्बन्धी फरक दृष्टिकोण राख्छन्। यहाँ तिनको तुलनात्मक विश्लेषण गरिन्छ:

  1. समाजवादी शिक्षा

सिद्धान्त: समाजवादी शिक्षाको मूल उद्देश्य सबैलाई समान शिक्षाको अवसर दिनु हो। यसले समानता, समान पहुँच, र समतामूलक समाजको निर्माणमा विश्वास राख्छ। शिक्षा कुनै विशेष वर्ग वा व्यक्तिको पहुँचमा मात्र सीमित हुँदैन; यसले सबैलाई समाजको एक रूपान्तरणकारी सदस्य बनाउन मद्दत पुर्‍याउँछ।

मुख्य विशेषताहरू:

निःशुल्क शिक्षा: समाजवादी शिक्षा प्रणालीमा आधारभूत शिक्षा निःशुल्क हुन्छ, जसले समाजका सबै वर्गलाई शिक्षामा समान पहुँच प्रदान गर्छ।

समानता: सबै विद्यार्थीलाई समान गुणस्तरीय शिक्षा दिनमा जोर दिन्छ। वर्ग, जात, वा आर्थिक अवस्थाका आधारमा विभाजन हुँदैन।

सामाजिक उत्तरदायित्व: शिक्षाको उद्देश्य केवल व्यक्तिगत विकास नभई समाजको समग्र विकास हो। विद्यार्थीलाई समाजका लागि उत्तरदायी र सक्रिय नागरिक बनाउन शिक्षाको उपयोग हुन्छ।

रोजगारीको प्रत्याभूति: समाजवादी शिक्षामा शिक्षित जनशक्तिलाई रोजगारीमा लगाउन राज्यको मुख्य भूमिका हुन्छ, ताकि रोजगार अवसरमा असमानता नहोस्।

उदाहरण: सोभियत संघ, क्युबा, र चीनजस्ता देशहरूले समाजवादी शिक्षा प्रणालीलाई अपनाएका छन्, जहाँ सरकारद्वारा निःशुल्क शिक्षा र रोजगारीको प्रत्याभूति दिइन्छ।

  1. पूँजीवादी शिक्षा

सिद्धान्त: पूँजीवादी शिक्षा प्रणालीले व्यक्तिको प्रतिस्पर्धा, व्यक्तिगत प्रयास, र बजारको आवश्यकतामा ध्यान केन्द्रित गर्छ। यसले बजारमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने र व्यक्तिगत सफलता प्राप्त गर्ने कुरालाई प्राथमिकता दिन्छ।

मुख्य विशेषताहरू:

निजीकरण: पूँजीवादी शिक्षा प्रणालीमा निजी क्षेत्रको ठूलो भूमिका हुन्छ। शिक्षालाई वस्तुका रूपमा हेरिन्छ, जहाँ विद्यार्थी वा अभिभावक उपभोक्ता हुन्छन्, र शिक्षण संस्था व्यवसायिक।

प्रतिस्पर्धात्मकता: व्यक्तिगत प्रतिस्पर्धालाई प्रोत्साहन दिइन्छ। विद्यार्थीलाई सफल बनाउन बजारमा उनीहरूको प्रतिस्पर्धात्मक क्षमताको विकास गरिन्छ।

शुल्क आधारित शिक्षा: उच्च गुणस्तरीय शिक्षाका लागि विद्यार्थीले महँगो शुल्क तिर्नुपर्ने हुन्छ। यसले शिक्षामा असमानता सिर्जना गर्छ, जहाँ धनीहरूलाई शिक्षामा बढी पहुँच हुन्छ।

व्यक्तिगत सफलताको प्राथमिकता: यसले समाज भन्दा व्यक्तिको व्यक्तिगत प्रगति र आर्थिक सफलतालाई प्राथमिकता दिन्छ। विद्यार्थीलाई समाजको हिस्सा भन्दा पनि व्यक्तिगत लक्ष्य हासिल गर्न तयार गरिन्छ।

उदाहरण: संयुक्त राज्य अमेरिका, क्यानडा, र अन्य पश्चिमी पूँजीवादी देशहरूमा यो शिक्षा प्रणाली देखिन्छ, जहाँ निजी स्कूल, कलेज, र विश्वविद्यालयहरूको महत्त्वपूर्ण भूमिका हुन्छ।

निष्कर्ष

नेपालजस्ता देशमा दुवै शिक्षा प्रणालीको मिश्रण पाइन्छ। सरकारी विद्यालय र निःशुल्क शिक्षामा समाजवादी तत्त्व देखिन्छ भने निजी विद्यालय र उच्च शुल्कका शैक्षिक संस्थाहरूमा पूँजीवादी शिक्षा प्रणालीको प्रभाव देखिन्छ। तसर्थ, नेपालको शिक्षा प्रणालीमा समाजवादी र पूँजीवादी दृष्टिकोणबीचको सन्तुलन कायम गर्नुपर्ने चुनौती छ ।Bottom of Form

नेपालको शिक्षा प्रणाली कस्तो ?

नेपालको शिक्षा प्रणाली मिश्रित मोडेलमा आधारित छ, जसमा सरकारी, निजी, र समुदाय-आधारित विद्यालयहरू रहेका छन्। यस प्रणालीले शिक्षालाई सबैलाई उपलब्ध गराउने लक्ष्य राखे पनि विभिन्न क्षेत्र, वर्ग, र सामाजिक-आर्थिक अवस्थाका कारण ठूलो असमानता देखिन्छ। यहाँ नेपालको शिक्षा प्रणालीका प्रमुख पक्षहरू चर्चा गरिएको छ:

  1. शिक्षा संरचना

नेपालको शिक्षा प्रणाली पाँच मुख्य तहहरूमा विभाजित छ:

पूर्व-प्राथमिक शिक्षा (Early Childhood Development): बालबालिकाको प्रारम्भिक विकासका लागि केन्द्रित छ।

प्राथमिक शिक्षा (Grade 1-8): अनिवार्य र निःशुल्क शिक्षा, जुन राज्यद्वारा सबै बालबालिकाका लागि सुनिश्चित गरिएको छ।

माध्यमिक शिक्षा (Grade 9-12): यसलाई दुई भागमा बाँडिएको छ—निचला माध्यमिक (Grade 9-10) र उच्च माध्यमिक (Grade 11-12)।

प्राविधिक र व्यवसायिक शिक्षा (Technical Education and Vocational Training): सीपमूलक शिक्षालाई महत्व दिने, जसले विद्यार्थीलाई व्यावहारिक जीवनका लागि तयार बनाउँछ।

उच्च शिक्षा (Higher Education): विश्वविद्यालय र कलेज स्तरको शिक्षा, जहाँ स्नातक, स्नातकोत्तर, र अनुसन्धानको शिक्षा प्रदान गरिन्छ।

  1. 2. शिक्षा प्रणालीका चुनौतीहरू

भौगोलिक असमानता: नेपालका ग्रामीण र दुर्गम क्षेत्रमा शिक्षा पहुँच कम छ। यी क्षेत्रहरूमा गुणस्तरीय विद्यालय र शिक्षकको अभाव छ, जसले गर्दा ग्रामीण विद्यार्थीहरूले पूर्ण लाभ लिन सक्दैनन्।

स्रोत र पूर्वाधारको अभाव: सरकारी विद्यालयहरूमा शिक्षण सामग्री, पुस्तकालय, ल्याब, र अन्य स्रोतहरूको कमीले विद्यार्थीहरूलाई प्रभावित गर्छ। धेरै विद्यालयमा आधारभूत संरचनाको अभाव छ।

शिक्षकको तालिम र प्रोत्साहन: शिक्षकहरूलाई पर्याप्त तालिम, प्रोत्साहन, र कार्य वातावरण प्रदान गर्न चुनौती छ। शिक्षकहरूको बढुवा, सेवा शर्तहरू, र तलब भत्तामा भेदभाव पनि एउटा चुनौती हो।

निजी र सरकारी विद्यालयबीचको असमानता: निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्छन्, तर धेरै महँगो हुँदा सबैका लागि पहुँच योग्य हुँदैन। यसले दुई तहको शिक्षा प्रणाली निर्माण गरेको छ—एक सम्पन्न परिवारका लागि निजी विद्यालयहरू र अर्को आर्थिक रूपमा कमजोर वर्गका लागि सरकारी विद्यालयहरू।

प्रविधिको अभाव: प्रविधिको प्रयोग शिक्षा क्षेत्रमा पुर्‍याउनको लागि सरकारको प्रयास भए पनि धेरै विद्यालयहरूमा इन्टरनेट र कम्प्युटरजस्ता साधनहरूको अभाव छ।

  1. शिक्षा नीति र सुधार

नेपालमा शिक्षा सुधारका लागि समय-समयमा विभिन्न नीतिहरू लागू भएका छन्, जसमध्ये प्रमुख हुन्:

शिक्षा ऐन: यसले शिक्षाको अनिवार्यता र सबैका लागि शिक्षा सुनिश्चित गर्न कानुनी आधार दिएको छ।

संघीयता र शिक्षा: संघीय प्रणाली लागु भएपछी, शिक्षा अब स्थानीय तहको मातहतमा परेको छ, जसले क्षेत्रीय आवश्यकताहरूअनुसार शिक्षा नीति र कार्यक्रमहरू बनाउन सहयोग पुर्‍याएको छ।

सर्वशिक्षा अभियान: यो अभियानले सबै बालबालिकालाई विद्यालयसम्म पुर्‍याउने लक्ष्य लिएको छ, विशेष गरी ग्रामीण र सामाजिक रूपमा पिछडिएका समुदायका बालबालिकाका लागि।

  1. 4. शिक्षा प्रणालीको सम्भावना

प्राविधिक शिक्षा: हाल नेपालले प्राविधिक शिक्षा र सीप विकासमा जोड दिएको छ, जसले विद्यार्थीहरूलाई रोजगारीका लागि तयार बनाउँछ। यस क्षेत्रमा सुधारले स्वदेशमै रोजगारी सिर्जना गर्न र वैदेशिक रोजगारीमा जाने परिपाटी घटाउन सक्छ।

अनलाइन शिक्षा र डिजिटल प्रविधि: कोभिड-१९ महामारीपछि अनलाइन शिक्षामा भएको वृद्धि प्रविधिमा आधारित शिक्षाको सम्भावनालाई उजागर गरेको छ। डिजिटल शिक्षालाई सुदृढ गर्न र ग्रामीण क्षेत्रमा प्रविधि पुर्‍याउन ठूलो सम्भावना छ।

शिक्षामा निजी क्षेत्रको योगदान: निजी क्षेत्रले शिक्षामा लगानी गर्दै आएको छ, जसले गुणस्तरीय शिक्षामा वृद्धि ल्याएको छ। यदि यो निजी-सरकारी साझेदारीका आधारमा अगाडि बढ्यो भने शिक्षा प्रणालीलाई समावेशी बनाउन सकिन्छ।

  1. शिक्षामा संघीयता र स्थानीय सरकार

संघीय प्रणाली लागु भएपछि शिक्षा स्थानीय तहहरूको जिम्मामा परेको छ। स्थानीय सरकारहरूले विद्यालयहरू सुधार्न, शिक्षकहरूको व्यवस्थापन गर्न, र शिक्षाको गुणस्तर सुधार्न थप अधिकार पाएका छन्। यसले शिक्षा प्रणालीलाई थप स्थानीय आवश्यकताहरूअनुसार अनुकूल बनाउन अवसर प्रदान गरेको छ।

निष्कर्ष

नेपालको शिक्षा प्रणालीले विविध चुनौतीहरूको सामना गरिरहे पनि सुधार र विकासका लागि ठूलो सम्भावना छ। सरकारी प्रयास, नीति सुधार, र शिक्षामा निजी क्षेत्रको सहभागिता सँगसँगै गुणस्तरीय शिक्षा उपलब्ध गराउन महत्वपूर्ण छन्। शिक्षकको तालिम, प्रविधिको पहुँच, र सरकारी र निजी क्षेत्रको सहकार्यले नेपालको शिक्षा प्रणालीलाई सुदृढ बनाउन सक्छ।

सन्दर्भ सामग्रीहरु:

Karl Marx and Friedrich Engels: शिक्षामा समाजवादी विचारधाराको प्रारम्भिक सन्दर्भ

Paulo Freire: उनको पुस्तक “Pedagogy of the Oppressed” (1970)

Antonio Gramsci: “Selections from the Prison Notebooks”

Cuba’s Education System: Bottom of Form

Milton Friedman: उनको पुस्तक “Capitalism and Freedom”

Adam Smith: “The Wealth of Nations” (1776)

Private Education Reports: OECD (Organization for Economic Co-operation and Development) र World Economic Forum

US and UK Education Systems:

नेपालको शिक्षा प्रणाली: नेपाल सरकारको शिक्षा मन्त्रालयका रिपोर्टहरू, विभिन्न शैक्षिक सुधार कार्यक्रम (जस्तै: सर्वशिक्षा अभियान) र सरकारी नीति दस्तावेजहरू

Nepal Education in Transition:

UNESCOUNICEF का शिक्षा सम्बन्धी रिपोर्टहरू

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.