
दर्पण व्लोन तामाङ

“माख्रिन” तिमी “मरिण” भएछौ
त्यसैले मैले चिनिँन छु ।
“न्हु´चे” तिमी “बछ्युटार” भएछौ
त्यसैले मैले चिनिँन छु ।
“पाठाप गाङ” तिमी “पटबाँस” भएछौ
मैले कसरी चिनोस् त ।
“तेर्खास्योङ” तिमी “खानीखोला” भएछौ
सायद मैले त्यसैले चिनिँनछु ।
“सिङब्ले”, “सिङपाल”, सिङपाखा कुन्नि तिमीलाइ के के बनाउने हुन् ?
“थाल्बागाङ” तिमी “थलागाउँ ” भएछौ
मैले कसरी चिनोस् र !
“गोबी नाम्सा”, “ल्हाङदी” विचरा कुन्नी तिमीहरुले के के बन्नु पर्ने हो ?
“क्युअीछारा” पनि छहरा, छरछरे भैसकेछ
कुन्नी तिमीहरुलाइ अरु क-कल्ले नचिन्ने हुन् ।
अरु के के भन्ने हुन् ।।।।