
“करोडौंको स्रोत सबैलाई थाहा छ तर प्रश्न सोध्ने जिब्रो धम्की र डरले थर्किन्छ, किनकि सत्य बोल्नेहरू गरीबीमा मर्छन्, झूट बोल्नेहरू राजनीतिक समारोहका प्रमुख अतिथि बन्छन्।”

करोडौं पैसा को स्रोत के छ ? सोध्ना जाँदा, अचानक मौन जस्तो रातारात धनी बन्ने तरिका संविधानको प्रष्ट धारामा होइन कुनै अँध्यारो “डिल” को गुफामा लेखिएको होस्।
हामीलाई भन्छ इमानदार पसिना! तर पसिना त किसानको कपालमा हुन्छ जसको बैंक खातामा शून्य जोडिन्छ धनीको खातामा ‘करोड’ थपिन्छ। साँच्चिकै मेहनत ?
कि टेंडर च्यातेर बुटभित्र हालिएको ‘कमिसन’को छिर्का ? कागजमा राष्ट्रियता, मेजमुनि नोटको ढेर यही हो विदेशी लगानीको ‘देशभक्त’ परिभाषा ?
स्रोत देखाउँछ बाजे–बाबुको सम्पत्ति! हाहाहा बाउ बाजेले कोदो रोपे तिमीले आफ्नै भाषणलाई रूपैयामा तौल्ने कला सिक्यौ।
रातारात रिसोर्ट पर्बत जस्तै महल सडकमा जनताको भोट तर भित्र कागजमा “डोनशन” जसले तिरे उही ‘शताब्दीको विकास’ मा ठेकेदार। करोडौं पैसा को स्रोत के छ ?
उत्तर त छ तर कानुनी किताबले होइन गंदी खेलले लेखेको छ। माथि देशसेवा ! देशप्रेम ! तल अघोषित रकमका गफ कर छलाउने कला र नागरिकका सपनामा राखिएको मूल्यसूची।
अन्तिम कुरो करोडौंको स्रोत सबैलाई थाहा छ तर प्रश्न सोध्ने जिब्रो धम्की र डरले थर्किन्छ, किनकि सत्य बोल्नेहरू गरीबीमा मर्छन्, झूट बोल्नेहरू राजनीतिक समारोहका प्रमुख अतिथि बन्छन्।
-गुराँस