Khulla Bichar Online

अवसरवादी र परिवर्तनकारी बिच भिन्नता

अवसरका निम्ति आए। जब अवसर सकियो, काज पनि सकियो।

२०६२⁄०६३ को १९ दिने जनआन्दोलन र २०६४ को निर्वाचनपछि धेरै मान्छेहरू माओवादीमा आए। जो विचार, सिद्धान्तमा सहमत भएर आए, पार्टीभित्र उपेक्षाको अनुभूतिबीच पनि उनीहरू पार्टीमै क्रियाशील रहे। तर, जो अवसरका निम्ति आए, तिनीहरू काजमा आए, नियुक्ति लिए र नियुक्ति सकिएपछि पुरानै पार्टीमा फर्किए। काजमा आएर फर्किएकामध्ये अधिकांश मान्छे, माओवादीको विचार, सिद्धान्त बुझेर, त्यसमा सहमत भएर होइन, अवसरका निम्ति आए। जब अवसर सकियो, काज पनि सकियो।

त्यही परिदृश्य आज नयाँ भन्ने दलहरुमा पनि देखिएको छ। तल्लो तहबाट आएका मान्छेहरू ‘नयाँ दलले केही गर्लान्’ भन्ने आशा र पवित्र भावनासाथ आएका छन्। तर, माथिल्लो तहबाट आउने मान्छेहरू टिकटका लागि, नियुक्तिका लागि, माथिल्लो पदका लागि आइरहेका छन्।

पार्टीके स्थापना कालदेखि खटिएका दिनरात नभनी लागेका, पार्टी निर्माणका लागि श्रम-पसिना बगाएका, संकटका बेला पार्टीको पक्षमा सतिसाल भएर उभिएका नयाँ पार्टीका प्रिय साथीहरू, पार्टीमा नयाँ मान्छे पनि चाहिन्छन्, ल्याउनुस्। तर, पार्टीको हितरक्षाका निम्ति उभिएका र अवसरका निम्ति आएका मान्छेहरू छुट्याउनुस्। ‘नयाँ सपना बोकेर आएका’लाई स्वागत गर्नुस्, अवसरका निम्ति आउनेलाई धन्यवाद भन्नुस्।

नयाँ भन्ने पार्टीका मान्छेहरुलाइ गणतन्त्रको फूलबारी फुलेका फूलहरू फक्रिउन् भन्ने चाहन्छु। जनताको परिवर्तनकारी भावनाको सम्मान होस भन्न चाहन्छु।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.