
राजनीति वाचा होइन

हावामा उड्ने शब्द होइन,
यो त मुटुमा बज्ने
भविष्यको धड्कन हो।
नकारात्मक आँखाले
देख्छ कुर्सीको लडाइँ,
सकारात्मक सोचले
देख्छ देशको रगतमै रहेको
जनताको भरोसाको जडाइँ।
भ्रष्ट हातले क्षणभर
देशलाई धमिलो पार्ला
तर जनचेतनाको उज्यालो
फेरि फेरि उदाउँछ
आशाको घामजस्तै।
साना सुधारहरू
सत्य बोल्ने अनुहारहरू
यिनै हुन् परिवर्तनका
नयाँ जमिनमा उम्रिएका
पहिलो हरियो बिरुवा
राजनीतिमा भरोसा राख्नु
आँखा बन्द गरेर होइन
गल्ती चिन्छु, सुधार खोज्छु
भन्ने हिम्मत बोकेर हो
‘देश’ भन्ने शब्दलाई
सधैँ गम्भीर राख्ने हो।
हामी बदलियौँ भने
राजनीति बदलिन्छ
हामी सोध्यौँ भने
उत्तर सत्यमा उभिन्छ।
हामी आशामा टिक्यौँ भने
देशको बाटो उज्यालिन्छ।
त्यसैले
निराशाको चिसो हावा होइन
आशाको न्यानो घामले राजनीति हेरौँ
किनकि सकारात्मक सोच नै
देश बनाउने
सबैभन्दा ठूलो आन्दोलन हो।