
ऋषिराम चापागाई
“नैतिकवान, चरित्रवान, निष्ठावान, राष्ट्र र जनताप्रति बफादार र स्थपित उम्मेदवार छनाैट गराै ।”
१. नैतिकता र चरित्र
यो उम्मेद्वार इमानदार छ कि जसरी पनि कमाउने प्रवृत्तिको?
उसले बोलेको र गरेको कुरा मिल्छ कि मिल्दैन?

२. पारिवारिक मूल्य र महिलाप्रतिको दृष्टिकोण उसले दाइजो, महिला सम्मान र समानतामा विश्वास गर्छ कि गर्दैन?
उसको परिवारमा महिलाको स्थान सम्मानजनक छ कि छैन?
३. धर्म र सहिष्णुता
ऊ धर्मनिरपेक्षता र धार्मिक सहिष्णुताको पक्षमा छ कि अन्धभक्त? धर्मलाई राजनीति र विभाजनको हतियार बनाउँछ कि बनाउँदैन?
४. श्रम र कर्मशीलता
आफ्नो पेशा वा काममा ऊ कर्मशील थियो कि कामचोर? श्रमिक, सहकर्मी र कामदारप्रति उसको व्यवहार कस्तो थियो?
५. सम्पत्ति र आर्थिक इमानदारी
<span;>उसको सम्पत्तिको स्रोत खुल्छ कि लुक्छ? ऋण लिएर नतिर्ने वा दुरुपयोग गर्ने बानी छ कि छैन?
६. जनतासँगको सम्बन्ध ऊ स्थानीय जनतासँग घुलमिल हुन्छ कि चुनावमा मात्र देखिन्छ? दुःख–सुखमा साथ दिने नेता हो कि भाषणमै सीमित?
७. सामाजिक उत्तरदायित्व
शिक्षा, पिछडिएको वर्ग, महिला, दलित र क्षेत्रीय विकासमा चासो छ कि छैन?
वातावरण, संस्कृति र सार्वजनिक सम्पत्तिको संरक्षणमा लागेको छ कि छैन?
८. ज्ञान र दृष्टिकोण
राजनीति, कानुन र अन्तर्राष्ट्रिय विषयमा न्यूनतम बुझाइ छ कि छैन?वातावरणमैत्री र दिगो विकासको सोच छ कि छैन?
९. राजनीतिक निष्ठा ऊ सिद्धान्तका लागि पार्टी समातेको हो कि पदका लागि बदलिरहने? सत्ता, शक्ति र पैसा जतादेख्यो त्यतै लाग्ने अवसरवादी त होइन?
१०. अन्तिम प्रश्न
यस व्यक्तिलाई जिताउँदा मेरो गाउँ, मेरो समाज र मेरो देश बलियो हुन्छ कि कमजोर?
भोट व्यक्ति, चरित्र र दृष्टिकोणलाई दिऔँ।
ऋषिराम चापागाई