Khulla Bichar Online

जनकम्युनमाथि छापा : विप्लव नेतृत्वको नेकपा (माओवादी)ले घोषणा गर्‍यो आन्दोलन

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले अर्घाखाँचीको सितगंगा नगरपालिका-स्थित जनकम्युनमा प्रहरीले छापा मारेको विरोधमा संघर्षका कार्यक्रम घोषणा गरेको छ।

शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले राज्यद्वारा गरिएको दमन र हस्तक्षेपको विरोधस्वरूप चरणबद्ध संघर्षका कार्यक्रम तय गरेको जनाइएको छ। पार्टीका अनुसार पुस १२ गते देशभर बेलुका मसाल जुलुस, पुस १३ गते कोणसभा, पुस १४ गते विरोध प्रदर्शन तथा पुस १५ गते काठमाडौँमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिनेछ।

पार्टीले जनकम्युनमाथि गरिएको प्रहरी कारबाहीलाई जनअधिकारमाथिको हस्तक्षेप भन्दै त्यसविरुद्ध सशक्त प्रतिरोधमा उत्रिन कार्यकर्तालाई आह्वान गरेको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.