Khulla Bichar Online

“नयाँ साल”

  • रचना मोक्तान यात्री

पुरानो सालको क्यालेन्डर फेरेसँगै

हामीले आँसुचाहिँ फेर्न सकेनौँ,

मिति फेरियो

तर पीडा उहीँको उहीँ

भित्तामा झुण्डिरहेको क्यालेन्डर झैं

मन मस्तिष्कमा झुन्डि रह्यो।

नयाँ साल आयो भन्दै

खुसी र हौसलाको

फुलबुट्टे शुभकामना आयो,

तर चुल्होमा

उही पुरानो अभाव

अझै उम्लिरहेछ।

*********

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.