Khulla Bichar Online

बेथानकाे बलिदान, पुर्वकाे पहिलाे सफल फाैजी गर्जन

ईमान सिं याेन्जन(गुँरास)

०५३ पुस १९ मा सम्पन्न बेथान प्रहरी चौकी आक्रमण नेपाली जनयुद्धको प्रारम्भिक चरणमै आएको एउटा निर्णायक मोड थियो। अहिले हरेक बर्ष पाैष १९ गतेलाई बीरता  दिवशकाे रुपमा मनाईन्छ।

०५३ पुस १९ मा सम्पन्न बेथान प्रहरी चौकी आक्रमण नेपाली जनयुद्धको प्रारम्भिक चरणमै आएको एउटा निर्णायक मोड थियो। अहिले हरेक बर्ष पाैष १९ गतेलाई बीरता  दिवशकाे रुपमा मनाईन्छ। करिब ११ महिनासम्म ठोस सैन्य सफलता नदेखिँदा ‘जनयुद्ध सकियो’ भन्ने हल्ला फैलिरहेको बेला बेथानले त्यो भ्रमलाई चिर्दै युद्ध अझै जीवित र सक्षम छ भन्ने ऐतिहासिक सन्देश दियो। याे पुर्बकाे सफल फाैजी गर्जन थियाे।

सुरुवाती दिनमा केही चौकी कब्जा भए पनि हतियार हात नपर्नु, राज्यद्वारा बढ्दो दमन र निराशाजनक प्रचारले कार्यकर्ताको मनोबल खस्कँदै गएको थियो। यो चरण जनयुद्धको पहिलो ठूलो मनोवैज्ञानिक युद्ध थियो, जहाँ हार–जित बन्दुकभन्दा मनोबलमा निर्भर थियो।

यही अवस्थामा यानप्रसाद गौतम ‘आलोक’ले तयार पारेको बेथान आक्रमणको योजना निर्णायक बन्यो। स्थानीय भौगोलिक लाभ, प्रहरी चौकीको कमजोरी, छापामार युद्धकौशल र साधारण बरुवा बन्दुकजस्ता सीमित हतियारलाई अधिकतम प्रभावमा प्रयोग गर्ने रणनीतिले बेथान पानीघाटस्थित चौकी पूर्ण रूपमा कब्जा गरियो। सबै हतियार नियन्त्रणमा आए। छापामारहरूको आत्मविश्वास पुनःस्थापित भयो र ‘जनयुद्ध असफल’ भन्ने हल्ला त्यहीँ समाप्त भयो।

यो सफलता सस्तो थिएन। इतिहासमा अमर बनेका तीन महान शहीद तीर्थ गौतम (युद्ध कमान्डर), दिलमाया बम्जन र फत्तबहादुर इस्मालीले जीवनको आहुति दिए। आक्रमणअघि तीर्थ गौतमले भनेका शब्द“म मारिए पनि कारबाही सफल पार्नू।”

यी शब्दहरू जनयुद्धको प्रारम्भिक चरणकै उच्चतम क्रान्तिकारी मनोबलको प्रतीक बने।

बेथानले एउटा मूल सत्य पुनःस्थापित गर्‍यो।माओवादी युद्धको निर्णायक तत्त्व हतियार होइन, बिचार, मनोबल र जनसहभागिता हो। यही सिद्धान्तलाई आधार बनाएर ०५३ कात्तिक ९ को परिपत्रले कम हतियारमा पनि कारबाही सक्ने, दुश्मनका कमजोर बिन्दुमा प्रहार गर्ने, निस्क्रियताबाट बच्ने र लडाकुलाई लडाइँ + उत्पादन + प्रचार/संगठन तीनै भूमिका दिनुपर्ने स्पष्ट गर्‍यो।

यसैको निरन्तरतामा ०५३ मंसिर २७ को ऐतिहासिक नेपाल बन्दले महाकाली सन्धि, दमन, गिरफ्तारी र महँगीविरुद्ध राज्यसत्तामाथि व्यापक दबाब सिर्जना गर्‍यो। यसले पार्टीलाई जनस्तरमा ठूलो राजनीतिक लाभ दिलायो र जनयुद्धको सैन्य मोर्चालाई प्रत्यक्ष सहयोग पुर्‍यायो। आन्दोलन एकै आयाममा सीमित नराखी परिस्थिति अनुसार नयाँ संघर्ष विधि अपनाउनुपर्ने क. प्रचण्डको दृष्टिकोण यही चरणमा स्पष्ट भयो।

पुर्वकाे बेथानले दिएको प्रभाव गहिरो र बहुआयामिक थियो,युद्धको मनोवैज्ञानिक पुनरुत्थान,कारबाही गर्ने साहस र क्षमताको पुनर्पुष्टि,संगठनभित्र एकता र नेतृत्वप्रति विश्वास,राज्यसत्तामाथि कडा मनोवैज्ञानिक धक्का र छापामारहरुकाे पहिलाे सफल फाैजी माेर्चा थियाे। याे सफल गर्जन पछि पुर्बमा सदरमुकाम कब्जा देखि थुप्रै सफल माेर्चाहरु दैनिक भएता पनि बेथान फाैजी आक्रमण पछि अन्तर्राष्ट्रिय ध्यान तथा राजनीतिक विमर्शमा प्रवेश दियाे। माओबादी भुसकाे आगाे सरी फैलिरहेकाे छ भन्ने कुरा बल्ल सत्ताकाे कानमा ठाेकिन पुग्याे।

यसर्थ, बेथान एउटा सैन्य कारबाही थिएन। त्यो जनयुद्धलाई पुनर्जीवित गर्ने ऐतिहासिक निर्णय थियो।

अन्तमा, बेथान चौकी आक्रमण नेपाली जनयुद्धको घुमाउरो मोड हो। यसले निराशालाई परास्त गर्‍यो, मनोबल उठायो,छापामारको गर्जनले देखायाे, युद्धलाई तीव्र गतिमा अघि बढायो र राजनीतिक, सैन्य तथा संगठनात्मक तीनवटै मोर्चामा गहिरो प्रभाव छोड्यो। लाखौं लाख जनता संगठित हुँदै गए। शहीदहरूको बलिदानलाई ऐतिहासिक अर्थ दियो।

आज पनि बेथान जनयुद्ध अध्ययनको एउटा आधारबिन्दु,एक Turning Point, एक Strategic Revival का रूपमा स्मरण गरिन्छ। तसर्थ रगत बगाएर याे उपलब्धि छाेडेर गएका शहिदहरुकाे नाम जति पल्ट लिए पनि कम हुन्छ। ऐतिहासिक बेथान फाैजी माेर्चाका महान शहिदहरु प्रति भावपुर्ण श्रद्धाञ्जली । महान शहिदहर अमर रहुन।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.