
• राजीव माेक्तान तामाङ

त्यो समय म कक्षा ५ मा पढ्थेँ। सूचना–सञ्चार सीमित थियो। रेडियो नेपालबाट प्रसारित समाचारकै भर थियाे। माओवादी कमाण्डर तिर्थ गाैतम सहितको ३काे मृत्यु, ३ राष्ट्रसेवक जना प्रहरीकाे बिरगति पाए, चौकीमा आगजनी गरि, हतियार लुटियाे यस्तै खबर गाउँ–बस्तीमा सनसनी बनेर फैलियो।
बिरता दिवसको स्मरणसँगै २०५३ पुस १९ गते रामेछापको बेथानस्थित पानीघाट प्रहरी चौकीमाथि भएको ऐतिहासिक आक्रमण अनिवार्य रूपमा स्मृतिमा आउँछ। नेपाली जनयुद्धको प्रारम्भिक चरणपछि सशस्त्र संघर्षको स्पष्ट मोड बनेको त्यो फौजी कारबाहीले “माओवादी सकियो” भन्ने हल्लालाई चिर्दै पूर्वमा निर्णायक गर्जन गर्ज्याे। यही आक्रमणमा तिर्थ गौतम, फत्तबहादुर स्माली मगर र दिलमाया बम्जन तामाङ पूर्वका तीन तारा ‘तिफदी’ले बलिदान दिए। याे फाैजी माेर्चाकाे मुख्य याेजनाकार भने तत्कालीन नेकपा(माओबादी)का केन्द्रीय सदस्य पुर्बी कमान्ड ईन्चार्ज यान प्रसाद गाैतम(आलाेक) थियाे।
त्यो समय म कक्षा ५ मा पढ्थेँ। सूचना–सञ्चार सीमित थियो। रेडियो नेपालबाट प्रसारित समाचारकै भर थियाे। माओवादी कमाण्डर तिर्थ गाैतम सहितको ३काे मृत्यु, ३ जना राष्ट्रसेवक प्रहरीले बिरगति पाए, चौकीमा आगजनी गरि, हतियार लुटियाे यस्तै खबर गाउँ–बस्तीमा सनसनी बनेर फैलियो। २०५३ पाैष २०/२१गते तिरकाे समाचार थियाे याे। धेरै दिन सम्म प्रमुख समाचार बनी रह्याे। एउटा धाेत्रे धाेत्रे स्वार आउने समाचार बाचकले समाचार भनिरह्याे।
खबर सुन्नासाथ मन अमिलो भयो। मेराे बाल मानसपटलमा तिर्थ सरकाे पातालाे शरीर,तर फुर्तिलाे ज्यान,चलाख चेहेरा नाचिरह्याे। दिलमाया र फत्तबहादुरसँग प्रत्यक्ष भेट भयाे भएन था छैन, भेट भएर पनि नचिनेकाे पनि हुन सक्छ। तर तिर्थ गौतम, यानप्रसाद गौतम, दिननाथ गौतम र रमन चौलागाईसँगका धेरै पल्टकाे भेटहरू जीवन्त थिए।
विशेष गरी तिर्थ सरसँगको अन्तिम भेट आज पनि स्मृतिमा ताजा छ।
२०५३ असोज–कार्तिकतिर, घाम अस्ताउँदै गर्दा उहाँ लगायत तीन जना हाम्रो घर आइपुग्नुभएको थियो। घरमा आमा–बुबा हुनुहुन्नथ्यो, हामी पाँच दाजुभाइ मात्र थियौँ। मैले करेसाको रायो साग टिपेर ल्याए,सरले काट्न थाल्नुभयो। आधा काटिसकेपछि के सल्लाह भयो कुन्नी हामी “धनबहादुरकहाँ जाने भयाैं” भन्दै, “राम्रोसँग पढ” भनेर ५० रुपैयाँ हातमा राखेर निस्किनु भयो। झम्कक साँझ परिसकेकाे थियाे। त्यो साँझ नै अन्तिम भेट रहेछ।
पातलो, ख्याउटे शरीर तर तीक्ष्ण दृष्टि,तिर्थ सर र दिननाथ गौतम सरलाई गाउँमा नचिन्ने कमै थिए। दिननाथ सर हाम्राे गाउँको खाँडादेवी माविका पूर्व शिक्षक भएकाले झन् परिचित हुनुहुन्थ्यो।
कक्षा ९ मा पढ्ने अशोक दाइ उमेरले हामी भन्दा परिपक्व हुनुहुन्थ्यो । सायद त्यति बेला पार्टीको केही जिम्मेवारीमा पनि हुनुहुन्थ्यो । एक साँझ केही विद्यार्थी र ठुला मान्छेहरुलाई घरमा बोलाएर एक कार्यक्रम गर्नु भयाे ,कार्यक्रम छाेटाे थियाे,वहाँले केही बाेल्नु भयाे। मैले धेरै बुझिन,बुझाेस पनि कसरी कक्षा ५ पढ्ने सबै भन्दा सानाे मै थिए ११ बर्ष जतिकाे। मैले यति बुझे अन्तिम बिजय प्राप्त गर्दै गर्दा तिर्थ सर निदारमा प्रहरीकाे गाेली लाग्याे ढल्नु भयाे। उपस्थित मध्यका चिनेजानेकाहरु भन्दै थिए,”मर्नु नपर्ने मान्छे मर्याे” उसकाे ठाउँमा नेतृत्व कसले गर्ला?” धन बहादुर,नाेर्बु घ्याम्छाे,भगवान सिं, कर्म सिं लगायतका बुढापाकाहरु पार्टी प्रति समर्पित रहेछ। उक्त कार्यक्रम पछि सम्झँदा तिफदीप्रतिको श्रद्धाञ्जली नै रहेछ।
बेथानपछिको समय गाउँमा राज्य आतंकको त्रासले छोयो, लामाे समय बुबा घरमा बस्नु भएन। तर छापामारको मनोबल अझ उचालियो। जहाँ दमन, त्यहीँ प्रतिरोध मशाल जुलुस, पम्प्लेटिङ र भित्ते लेखन छ्यापछ्याप्ती देखिन थाले। राज्यसत्ताले बल्ल “माओवादी पनि छ” भन्ने बिश्वास गर्यो।
हरेक कार्यक्रममा तिफदीको बलिदानको चर्चा भयो। लाखौँ जनता उनीहरूको साहसबाट प्रेरित भए। सहिदहरूले देखाएको बाटोमा हजारौँ लामबद्ध भए। सहिदको सूची बढ्दै गयाे।अन्ततः बाह्र हजारभन्दा बढी महान योद्धाको बलिदानपछि जनआन्दोलन सफल भयो, सामन्ती राजतन्त्रको अन्त्य भयो र देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो।
आजका उपलब्धिहरू तिनै साहसी योद्धाहरूको प्रतिरोध र बलिदानको जगमा उभिएका छन्। याे राज्य सत्ताले यान प्रसाद गाैतम(आलाेक)तिर्थ गाैतम(अशाेक)हरु चिन्छ चिन्दैन था छैन तर मेराे स्मृतिमा बने सधै बाँचिरहेकाे छ।
महान सहिद तिर्थ गौतमप्रति गहिराे सम्झना । हार्दिक श्रद्धाञ्जली।
तिफदी प्रति श्रद्धा सुमन।
महान सहिदहरू-अमर रहून्।