Khulla Bichar Online

पुटिन किन मौन छन् ?

  -चे. (विस्फोट)

युद्धको धुवाँभित्र

सत्यको स्वर हराएको छ।

जेलेन्स्की

बन्दी होइन,

इतिहासको कठघरामा

उभिएको एक पात्र न हो।

शिजिनपिङ किन मौन छन् ?

रेशमी मार्गमा

मानवताको पाइला

अल्मलिएको छ।

आखिर,

ताइवान कब्जा

किन यति ढिलाइ ?

लाइ-चिङ-ते

आज नक्साभन्दा ठूलो

प्रश्न बनेको छ।

किम जोङ किन मौन छन् ?

अन्तर्राष्ट्रिय मञ्चमा

साम्राज्यवादसँग

एक्लै जुधिरहेका छन्।

लि-जे-यूङ

विचारको जेलभित्र

थुनिएको छ।

उता

ट्रम्प

गल्लीका साँढेझैँ

अहंकारको रापमा उन्मत्त छन्।

विवेकलाई टोकेर

शक्ति-भक्तिको भजन गाइरहेछन्।

तेल कब्जाको निहुँमा

राष्ट्रप्रेमी मादुरोलाई

किडन्याप गरिएको छ,

सारा विश्व

आतङ्कित बनाइएको छ।

आज

शक्ति सत्य होइन,

सत्य शक्ति होइन।

जसको हातमा बल छ,

उसकै गीत बज्छ,

उसकै देवत्व बिक्छ।

तर सम्झ

इतिहास कहिल्यै मौन हुँदैन।

गल्लीका साँढेहरू पनि

अन्ततः

समयकै कठघरामा

बाँधिन्छन्।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.