Khulla Bichar Online

नाग्रेगगर्चे क्षेत्रका तामाङ भाषाका नामहरु अपभ्रंश,वास्तविकता र सामाजिक संरचना:

• राजीव माेक्तान तामाङ 

नाग्रेगगर्चे क्षेत्र प्राचीन तामाङ बस्ती भएको प्रमाण यहाँका स्थाननामहरू हुन्। यी नामहरूले भौगोलिक बनावट, कृषि प्रणाली, धार्मिक आस्था, र ऐतिहासिक बसोबास झल्काउँछ।

काभ्रे नाग्रेगगर्चे क्षेत्र साबिक नाग्रेगगर्चे गाबिस हाे। हाल काभ्रे  चाैरीदेउराली गापा २ मा पर्दछ। याे क्षेत्र इतिहास, संस्कृति र भाषागत विविधताले भरिपूर्ण एक विशिष्ट स्थान हो। पंचायतकालमा तामाखानी पंचायतको रूपमा परिचित थियो। यहाँ विभिन्न जातीय समुदायहरूको बसोबास रहेको छ, जसमा तामाङ, नेवार, खस क्षेत्री, बाहुन, मगर र केही दलित समुदायका परिवारहरू छन्। कुनै बेला गुरुङहरुकाे बस्ति पनि थियाे भन्ने प्रमाणहरु छन् तर हाल गुरुङ समुदाय छैनन्। पालाेकदी नाम जिबित छ।यहाँ नेवार समुदायकाे निकै ठुलाे बाक्लाे बस्ति छ। नेवार समुदायमा पनि ताैथली भाषा बाेल्ने प्रधानहरु धेरै छन्। साबिक वडा ७,८र ९मा प्रधानहरु बाहेक अरु छैनन्। तर यहाँ धिमे बज्दैन,हाकु परासीकाे चलन खास छैन।१मात्र खाँडादेबी मन्दिर आस्थाकाे केन्द्र हाे। नेवारी भाषाकाे भने  राम्राे संरक्षण छ, प्रधान बुढापाकाहरुले खस भाषा राम्राे संग बुझ्दैनन्।अन्य वडामा मिश्रित बसाेबास छ। शाक्य र श्रेष्ठहरु पनि छन्। शाक्य र श्रेष्ठहरु ब्यापारकाे सिलसिलामा आए समयक्रम संगै धेरै अन्यत्र स्थान्तरण भएकाे देखिन्छ। केही संख्यामा मगरहरु  छन् मातृभाषा बाेल्दैनन्।

तामाङ समुदायले करिब ३०% जनसंख्या ओगटेको भए पनि यहाँका भौगोलिक नाम, गाउँ,टोल, बस्ती, खेत, डाँडा, पाखा भीर, खाेलाहरूकाे नाम तामाङ भाषासँग सम्बन्धित छन्। यसले यहाँको इतिहासमा तामाङहरूको सांस्कृतिक जरा गहिरो रहेको संकेत गर्छ। तामाङ समुदायको ऐतिहासिक उपस्थिति र योगदान यहाँका नामावलीहरूमा झल्किन्छ।

भाषा र स्थान नामहरूको व्युत्पत्ति

मानिसहरू लाखौँ वर्षदेखि फिरन्ते जीवन बिताउँदै आएका थिए। तर स्थायी बसोबास कृषि क्रान्तिपछि मात्र सुरु भयो।

कृषि सुरु भएपछि मानिसहरू नदी किनारामा स्थायी रूपमा बस्न थाले भनिन्छ।

पहिलो स्थायी बस्तीहरू मेसोपोटामिया (इराक), इजिप्ट, भारतको सिन्धु घाटी, चीन आदि क्षेत्रमा विकास भए भन्ने छ।

नेपालमा पहिलो स्थायी बस्तीहरू तराई, पहाडी फाँटहरू, नदी किनारहरू मा बस्न थाले। किरात, तामाङ, नेवार, थारू आदि जातीय समुदायहरू पुरानो बसोबास गर्नेहरूमा पर्छन्।

मानिसहरू करिब १०,००० वर्षअघि देखि स्थायी रूपमा बस्न थाले। नेपालमा पनि प्राचीनकालदेखि बस्तीहरू बनिसकेका थिए, तर ती बस्तीहरू कहिले र कसरी बने भन्ने कुरा अझै अनुसन्धानकै विषय छ।

स्थान नामहरू भाषागत रूपमा परिवर्तन हुँदै हालको स्वरूपमा आएका छन्। जिल्लागत नामहरु रामेछाप,काभ्रे,रसुवा,धादिङ,सिन्धुपाल्चोक  पनि तामाङ भाषा संग जाेडिएका छन्। तामाङ भाषाका शब्दहरू स्थानीय उच्चारण र अन्य भाषासँगको सम्पर्कका कारण अपभ्रंश भएका देखिन्छन्। यहाँ नाग्रेगगर्चे क्षेत्रकाे तामाङ भाषाका नामहरु अपभ्रंश र बास्ताबिक्ता बारेमा छाेटाे चर्चा गर्ने काेशिष गरिएकाे छ।

तामाङ भाषाबाट व्युत्पन्न भएका स्थान नाम र वास्तविक नामहरू हेराैं।

  1. १)बाेल्दाेङ चे – /फाेल्दाेङ साप्रा/गाेलदाेङ युङ्वा-गाेलाे समथल ठुलाे फाट

२)वाङ्कर्चे -(वाङ-अभिषेक/दीक्षा/कर्ची-काम/बिद्या/ज्ञान/सीप)अभिषेक लिने ठाउँ/विशेष ज्ञान लिने ठाउँ

१)नाग्रे(अर्थ के?) नाख्ले(नाङ्लाे)नाङ्लाे आकारकाे भुगाेल

२)गगर्चे(अर्थ के?) तामाङमा-गागार्चे-ढुङ्गै ढुङगाकाे थुप्राे भएकाे टार-(गागार्चे)

३)किल्पु(अर्थ के?)तामाङले बाेल्ने किल्बु(किल-गाढ,बु-खेत-गाढखेत)(किलकिल्बा)अर्काे क्लिबुबाट किल्पु भएकाे भन्ने पनि छ।क्लि-दिशा/बु-खेत(नराम्राे खेत)

४)दुति(अर्थ के?)तामाङले बाेलिने-दुन्दी(दुन-दुन्जे-दुर्सा-कार्जे)-दी(तल/मुनि)-कार्जे गर्ने मुनी

५)पथाक्थली(अर्थ के?)तामाङले बाेलिने पलाक्दी/पलाक्दी(पालाेक- गुरुङ बाजेकाे नाम-दी(तल/मुनि)

६)नाकन्पा(अर्थ के?)तामाङले बाेल्ने-न्हानब्रा(न्हान-चाैताराे/ब्रा-भिर)भिरकाे चाैतारी

७)माकर्पा-(अर्थ के?)तामाङले बाेल्ने माकरब्रा,माकर-बाँदर,ब्रा-भिर) बाँदर बस्ने भिर पाखा

८)नाकन्पा-(अर्थ के) तामाङले बाेल्ने न्हानब्रा,न्हान-चाैतारी,ब्रा-भिर(भिरकाे चाैतारी)

९)चिकन दुर्सा-(अर्थ के?)तामाङले बाेल्ने च्युकुम दुर्सा/च्युकुम(शिर) दुर्सा(चिहान) शिरकाे चिहान

१०)म्हान्दी-म्हाने(चैत्य) दि-तल/मुनि (छ्याेर्तेन मुनिकाे बस्ति)

११)गाेन्दी-(गाेन्पाे दि)-घ्याङ मुनी बस्ति

१२)गाेन्टा-(गाेन्पाे टा)घ्याङ फेदीकाे बस्ति

१३)बाझाेबु-बाँझाेखेत

१४)रजबास(अर्थ के?)तामाङले बाेल्ने-रसपथी-(रास पाथी) धेरै  पाथिकाे खेत हुन सक्छ।

१५)सम्पती(अर्थ के?)तामाङले बाेल्ने-साेमपथी-साेम-तीन/पथि-पाथि(तीन पाथिकाे खेत।

१६)चलाखु(अर्थ के?)तामाङले बाेल्ने-चाल्घु(चालाेक-कुनै म्हे म्हेकाे नाम/घु-भित्ता)चालाेक बस्ने ठाउँ

१७)डुइबु-पैह्राेकाे खेत

१८)कुकुमसुबा घाङ्-(कुकुम-खानेकुराकाे नाम/सुबा-राेप्नु/घाङ-डाँडा(कुकुम राेप्ने डाँडा)

१९)घायाम्राङ घाङ-(घैया बारी डाँडा)

२०)काेल्च्यात्-काेल्तेबाट आएकाे हुन सक्छ। काेल्ते-गहत/च्यात्-समथल ठाउँ(गहत राेप्ने ठाउँ)

२१)घाङ्बु-डाँडाकाे खेत

२१)बाङ्थली(अर्थ के?)तामाङले बाेल्ने वाङ्थली-वाङ-अभिषेक/थली-स्थान

२२)आलाेङ-(नछिप्पेकाे)जंगल क्षेत्र भएकाले आलाेङ्गाे(नडराउनु) शब्दबाट आएकाे पनि हुन सक्छ।

२३)काफ्ले(अर्थ के?)कापेब्लेबाट आएकाे हाे(कापे-कपास/ब्ले-ठुला बारीकाे पाटा)कपास खेति गर्ने ठाउँ

२४)सलम्बु-(अर्थ के?) तामाङले बाेल्ने स्याेङ्गु(खाेलाकाे भित्ता)

२५)लिसंखु(अर्थ के?)तामाङले बाेल्ने ह्रिस्याेङ्गु-(ह्रि-जंगल/स्याेङ्गु-खाेलाकाे भित्ता) खाेला पारिकाे जंगल क्षेत्र।

२६)पाेडी-(अर्थ के?)तामाङले बाेल्ने पाेङ्थी-(पाेङ-सगुन रक्सी हाल्ने माटाेकाे भाँडाे/ थि-उचाल्नु वा फुट्नु)पाेङ फुटेकाे वा पाेङ उचालेकाे ठाउँ।

२७)दर्गा-(अर्थ के?) याे खासमा “धाराङा” हाे। पाँचधारा अहिले पनि छदैछ।

२८)भालु खाेला-तामाङले बाेल्ने “घट्टास्याेङ”

३०)चाैरी खाेला-तामाङले बाेल्ने “चाैरी स्याेङ”

तामाङ जातिको ऐतिहासिक बसोबास र योगदान

तामाङ समुदाय पनि हिमाली क्षेत्रहरू हुँदै विभिन्न स्थानमा पुगे। उनीहरूको संस्कार, परम्परा, भाषा, र कृषि प्रणाली भूगोलसँग अनुकूलित हुँदै गए। जंगल फडानी गरेर आवधिक जमिन बनाए,आफ्नाे आस्था,बिश्वास अनुकुलका संरचनाहरु बनाउदै गए। तसर्थ नाग्रेगगर्चे क्षेत्रमा तामाङहरू प्राचीन कालदेखि बसोबास गरिरहेको प्रमाण यहाँका स्थाननामहरूमा पाइन्छ।

ठाउँको नाम अपभ्रंश हुने कारणहरु

समयसँगै ठाउँहरूको नाम अपभ्रंश हुनु भाषिक, सामाजिक, ऐतिहासिक, सांस्कृतिक ,धार्मिक र राजनीति कारणहरूले गर्दा हुने प्रक्रिया हो।

१. भाषिक रूपान्तरण/स्थानीय बोलीको प्रभाव: उच्चारणको सहजताका लागि मूल शब्द परिवर्तित हुन्छ। उदाहरणका लागि, नाख्ले-नाङरे हुँदै “नाग्रे” बन्याे।” पालाेकदी -“पलाक्थली ” चाल्घु-चलाखु बन्याे। यस्तै दापजाेङ” (दाप-पाखाे /जाेङ-किल्ला/क्षेत्र /किपट)अपभ्रंश भएर “दाप्चा” बनेको छ। “तादिङ”(घाेडा फर्काउनु)धादिङ,”ह्रिकु”(९वटा जंगल क्षेत्र ) रिकु गाउँ  बनेकाे छ। विभिन्न भाषाभाषी समुदायको प्रभावले पनि नाम परिवर्तन हुन सक्छ। “च्यानम्राङ” बोलिचालीमा “च्याम्राङबेशी” “म्हेजे”(गाईकाे खुर)”मेच्छे” “राम्हेचे” राम्चे बनेकाे छ।

२.ऐतिहासिक घटना वा शासन परिवर्तन: शासक वा बाह्य प्रभावको कारणले ठाउँका नामहरू फेरिन सक्छन्। जस्तै, मल्लकालीन “खाेपाेङ,खाेपरिङ,खाेप” लाई पछिका शासक शाहा राणाहरूले “भक्तपुर” भन्न थाले। त्यस्तै “भाेई,भाेंदी,भाेंत,भाेन्त-लाई बनेपा,”पुन्दी,पन्ती,”लाई “पनाैती”,”धाैंखेल” लाई “धुलिखेल”भन्न थाले। यस्तै कैयाै उदारण छन्। तामाङले बाेल्ने “ता ग्ये घ्याङ”(सय घाेडा भएकाे घ्याङ)लाई “तार्के घ्याङ”,”थागुङ”लाई “थापागाउँ”, “रसपथि”-लाई “रजबास” “स्याेङ्घु” लाई-“सलामबु” “ग्याेईखार”लाई “नारायणस्थान” बनाए।

३.धार्मिक,सांस्कृतिक प्रभाब र अतिक्रमण: कुनै स्थानको धार्मिक वा सांस्कृतिक महत्त्व बढ्दा वा अतिक्रमन हुँदा नयाँ नाम रहन सक्छ। “सिंगुन,सिम्बु,स्हेबु,सैंबु,सिगुँ” लाई पछि “स्वायम्बु”/पुर्बमा “मुकुम्लुङ”लाई पछि “पाथिभरा” बनेपा नालाकाे “सृष्टिकान्ता आर्यावलाेकेश्वर” (करुणामय पुरुष)लाई “करुणा माई”(महिला) मन्दिर,”मारतिका”लाई “हलेसी महादेब”भन्न थाले। तामाङले बाेल्ने तेर्माल-“तेमाल” “म्हवार ल्हा” महाभारत लेक र “शालुङ” शैलुङ हुन पुगेको उदाहरण हो। स्थानीय मानिसहरूले संक्षिप्त वा सजिलो नाम अपनाउँदा पनि अपभंश भएका छन्। यसरी, समयक्रममा स्थानका नामहरू अपभ्रंश हुँदै नयाँ स्वरूप ग्रहण गर्न पुगेकाे देखिन्छ।

४.अज्ञानता,असावधानी र  लापरवाही: ठाउँका नाम अपभ्रंश हुने प्रमुख कारण मध्य यी पनि हुन्। मानिसहरुलाई कुनै ठाउँको वास्तविक नामको बारेमा जानकारी नहुँदा गलत उच्चारण वा लापरवाही पुर्ण लेखाइले नाम अपभ्रंश वा गलत अर्थ लाग्ने हुन सक्छ। उदाहरणका लागि,”च्युकुम दुर्सा” लाई  “चिनक दुर्सा” बनाईयाे। भने “च्यानम्राङ”लाई “च्याम्म्राबेशी”बनाईयाे। तामाङ भाषामा “च्याम”काे अर्थ “पिसाब” “म्राङ”काे अर्थ वारि हाे।बाघ खाेरिया लाई पिसाब फेर्ने ठाउँ बनायाे भने पुन्दी वा पन्ती पनती लाई पनाैती बनायाे। पनाैतीकाे अर्थ के हाे? याे गम्भीर अज्ञानता र असावधानी हाे। एकल खस भाषा मात्र  प्रयाेग गर्दाकाे परिणाम हाे।

सरकारी कागजात, सार्वजनिक बोर्डहरूमा गलत लेखाइ भएमा क्रमशः त्यही नाम स्थापित हुन सक्छ। जस्तै,”साेमपथि ट्वाल”लाई “सम्पति टाेल”,”बाेमजन ट्वाल” लाई “भाेजनटाेल” “माेक्तान ट्वाल”लाई “मुख्तान टाेल” “ब्लाेन ट्वाल”लाई “बाेलन टाेल”लेखिएको पाइन्छ। मौखिक रूपमा नाम पुस्तादेखि पुस्तासम्म गलत रूपमा प्रचार हुँदा सही नाम लोप भइ अपभ्रंश नाम नै स्थायी हुन सक्छ।

यसरी अज्ञानता,असावधानी र लापरवाहीको कारणले पनि स्थानका वास्तविक नामहरू बिग्रने वा परिवर्तन हुने देखिन्छ। अब संघीय लाेकतान्त्रिक गणतन्त्र नेपाल सरकारले स्थानीय सरकार मार्फत यश प्रकारका गल्तीहरु सच्याउने दायित्व लिनुपर्छ। बागमती प्रदेश सरकारले “प्रदेश सरकारी कामकाजकाे भाषा ऐन २०८०” लागू गरि सकेकाे अबस्थामा आगामी दिनहरुमा सच्चिदै जानेछ।

निष्कर्ष

नाग्रेगगर्चे क्षेत्र प्राचीन तामाङ बस्ती भएको प्रमाण यहाँका स्थाननामहरू हुन्। यी नामहरूले भौगोलिक बनावट, कृषि प्रणाली, धार्मिक आस्था, र ऐतिहासिक बसोबास झल्काउँछ। समयक्रममा भाषागत परिवर्तन,शासकिय चिन्तन र परिवर्तन भएर नामहरू अपभ्रंश भएका छन्। कृषि क्रान्तिपछि मात्र मानिसहरूले स्थायी बसोबास सुरु गरे, जसले गर्दा नाग्रेगगर्चे जस्ता क्षेत्रहरू विकास भए। यो अध्ययनले तामाङ भाषा,संस्कृतिको ऐतिहासिक महत्त्व र नामहरुकाे अपभ्रंश कसरी भयाे भन्ने कुराकाे थाेरै भए पनि उजागर गर्छ।

यस अध्ययनले देखाउँछ कि नाग्रेगगर्चे क्षेत्रका स्थाननामहरू केवल भूगोल वा पहिचानका प्रतीक मात्र होइनन्, ती त स्थानीय इतिहास, भाषा, संस्कृति र सामाजिक संरचनाको दस्तावेज पनि हुन्। तामाङ भाषाबाट व्युत्पन्न भएका यी नामहरू अपभ्रंश हुँदै गए तापनि, तिनको मूल अर्थ र ऐतिहासिक सन्दर्भलाई पुनःउत्थान गर्नु आवश्यक छ।

अबको चुनौती भनेको यस्ता नामहरूको संरक्षण र पुनर्स्थापन हो। त्यसका लागि संघीय सरकार,प्रदेश सरकार,स्थानीय सरकार, भाषा विज्ञ, शिक्षाविद् र समुदायबीच समन्वय जरुरी छ। विद्यालयका पाठ्यक्रममा यस्ता स्थानीय इतिहास र नामहरूको समावेश, स्थानीय भाषाको प्रयोग, सांस्कृतिक महत्त्व राख्ने बोर्डहरूमा शुद्ध नाम लेखन, अभिलेख र अभिलेखनको काम, सबै मिलेर सांस्कृतिक पुनर्जागरण सम्भव छ।

नाग्रेगगर्चे क्षेत्र जस्तै देशका अन्य ठाउँहरूमा पनि यस्तै ऐतिहासिक र भाषिक मूल्य बोकेका नामहरू छन्, तिनको संरक्षण आजको आवश्यकता हो। इतिहास बुझेर, संस्कृति जोगाएर, भाषा सम्मान गरेर मात्र हामी सहअस्तित्वपूर्ण समाज निर्माण गर्न सक्छौं।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.