Khulla Bichar Online

कुलमान माथिको कुकृत्य

घण्टे ग्याङसँग विवेक छैन, चेतना छैन, तर साइबर बुलिङको फ्याक्ट्री छ, साइबर आक्रमणको मेसिन छ।

चर्को बोल्न नजान्ने, छलकपट नगर्ने, अनुशासित चरित्र भएको कुलमानलाई अपराधिक घण्टे ग्याङले अपमानपूर्वक तरिकाले हेर्दा हेर्दै राजनितिक सुसाईडलमा पार्यो।

• दिल निशानी मगर

नेपालमा तामाङ समुदायको संख्या करिब बीस लाख जति छ। काठमाडौँमा पनि तामाङहरूको बाक्लो उपस्थिति छ। काठमाडौँ वरिपरिका काभ्रे, नुवाकोट, सिन्धुली, धादिङ लगायतका जिल्लाहरूमा पनि तामाङहरूको राम्रो जनसंख्या छ। प्रत्यक्ष तर्फ आफ्नो पार्टीलाई भोट दिए पनि कुलमान घिसिङको सम्मानका लागि समानुपातिकमा एक भोट सबैले दिन्थे। देशभरि नै जनजाति सेण्टिमेन्ट कुलमानको पक्षमा राम्रो थियो। अन्य समुदायका सर्वसाधारण नागरिकहरूले पनि कुलमानलाई समर्थन नै गर्छन्। यसरी हेर्दा उज्यालो नेपालले १२–१५ सिट ल्याउने संभावना देखिन्थ्यो। त्यही कुरा बुझेका रवि लामिछाने र उनका चतुर खेलाडीहरूले कुलमानलाई रातारात गुण्डागर्दी शैलीमा करपझ्याप पारेर लगे। कुलमान लाई  नेता मान्नको लागी नभई चुनावी रणनितीमा  उपयोग गर्नका लागी त्यसरी लगिएको थियो।

कुलमान लाई यिनीहरुले  कदापी नेता मान्न  सक्दैनन्। किनकी कुलमानको नरम प्रसनालिटी, सफल विगत  र हेभीवेट छविले बरु उल्टो यिनीहरु नै  कुलमानको मामुली कार्यकर्ता बन्न लायक छन्।कुलमानको अगाडी यिनीहरुको मोरल डोमिनेशनमा पर्छ। त्यसैले  मन भित्र बाट कुलमान पार्टिमा बसोस् भनेर यिनीहरुले चाहेका थिएनन्। कुलमानको पार्टिको समानुपातिक नामावली  दर्ता गर्न पुग्ने समय घर्किए पछि  यिनीहरुको रणनितिक रुपमा आफ्नो काम फत्ते भयो। कुलमानको पार्टीका समानुपातिक उम्मेदवारलाई कानुनी रुपमा नै पेन्डुलम बनाइदिए।  धेरै चर्को बोल्न नजान्ने, छलकपट नगर्ने, अनुशासित चरित्र भएको कुलमानलाई अपराधिक घण्टे ग्याङले अपमानपूर्वक तरिकाले हेर्दा हेर्दै राजनितिक सुसाईडलमा पार्यो।

बाहिर हेर्दा हाउभाउ र बोलीचालीले मान्छे लोभ्याउने जस्तो देखिए पनि घण्टे ग्याङको भित्री चरित्र राजनीतिक नभई अपराधिक जस्तो देखिन्छ। तिनका समर्थकहरु पनि त्यस्तै प्रकारका छन्। ज्यूदो मान्छेलाई हार्दिक श्रदान्जली दिने प्रचलनको सुरुवात यिनै अनपढ घण्टेहरूले गरेका हुन्। यिनीहरूको कमेन्ट, स्टाटस, म्यासेज र तर्क, वितर्क मिया खलिफाको पोर्न मूभीभन्दा पनि अश्लील हुन्छ। त्यकारण मान्छेहरु यिनीहरुको कुकृत्यका बिरुद्द  साँचो कुरा बोल्न डराएका छन्। घण्टे ग्याङसँग विवेक छैन, चेतना छैन, तर साइबर बुलिङको फ्याक्ट्री छ, साइबर आक्रमणको मेसिन छ। पत्नीले डिभोर्सको मुद्दा हाले, रवि नै ठीक। नागरिकता र राहदानी काण्ड लाग्यो, रवि नै ठीक। सालिकराम पुडासैनीले आत्महत्या गर्नु अघि रोएरै नाम लिए, रवि नै ठीक। ड्राइभर छतबाट खसेर मरे, रवि नै ठीक। कालिकोटमा अस्पताल बनाउने आइडिया दिने मुकुल ढकालले साथ छाडे, रवि नै ठीक। ग्यालेक्सी टिभी डुब्यो , रवि नै ठीक। अमेरिकामा परेको बैंकिङ मुद्दा आज पनि अनलाइनमा हेर्न सकिन्छ , रवि नै ठीक। सहकारी ठगीको मुद्दामा थुनामा परे , रवि नै ठीक। जिबी राई भाग्ने स्थितीमा पुगे, रवि नै ठिक।  सुमनाले पार्टी छाडिन् , रवि नै ठीक। जेल तोडेर निस्किए, रवि ठीक। अरू त अरू, विचरा कुलमानलाई अलपत्र पारेर निकाल्दा पनि, रवि नै ठीक। रवि ठीक, तर अरू सबै वेठिक। कुलमान ठिक हुनको लागि कुलमानले के गर्नु पर्थ्यो? रविको पीए बस्नु पर्थ्यो? डिपीको स्वकीय सचिव बन्नु  पर्थ्यो? स्वर्णिमको ड्राइभर हुनुपर्थ्यो?

यस्तो लाग्छ, अपराधिक घण्टे ग्याङको दिमागमा बहुतै दुर्घन्दित ‘गु’ भरिएको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.