
काभ्रे । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले काभ्रेपलाञ्चोकका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। पार्टी स्रोतका अनुसार काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट दिनानाथ गौतमले टिकट पाएका छन्। उनी चौंरीदेउराली गाउँपालिकाका पूर्व अध्यक्ष हुन्।भने पुर्व शिक्षक, जनयुद्धकाे पहल कर्ता पुर्बकाे सफल फाैजी माेर्चाकाे सह कमान्डर समेत हुन।

यस्तै, काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट पूर्वमन्त्रीसमेत रहेका नेकपा नेता बसुन्धरा हुमागाँई उम्मेदवार बन्ने निश्चित भएको छ। हुमागाँई बागमती प्रदेशका पूर्व कृषि मन्त्री हुन्। भने काभ्रे कम्युनिस्ट पार्टी भित्र ईमान्दार छवि भएकाे जनप्रिय नेता समेत हुन।
मनोनयन दर्ताको समय नजिकिँदै जाँदा राजनीतिक दलहरूले उम्मेदवार चयन प्रक्रिया तीव्र बनाएका छन्। नेकपाले काभ्रेका दुवै क्षेत्रमा उम्मेदवार सार्वजनिक गरेसँगै जिल्लाको चुनावी माहोल थप सक्रिय बन्दै गएको छ।