Khulla Bichar Online

“ल्होछार”

• सजना गाेेले,सल्ले काभ्रे

मेरि आमाले जब आँगनको डिलमा

फोंसि बासाउनु हुन्थ्यो

आइरक पार्नु हुन्थ्यो

फापारको आलुम बनाउनु हुन्थ्यो

आँगनमा दर्जु फेरिन्थ्यो

 

त्यसपछी

ल्होछार आउथ्यो

गाउँ घरमा छुट्टै रौनकता  छाउथ्यो

चौतारीहरुमा  छामे ब्योनहरु

 डम्फुमा दोहोरी सेलो गाउथे

आखे मामहरु फापारे भाका गाउथे

आ- आफ्नो मन का भावना साटासाट गर्थे

पोङमा जि आइरक हुन्थ्यो

दिल खोलेर नाचिन्थ्यो

 

जब बिस्तारै ल्होछार

गाँउदेखि याम्बुमा रमाउन थाल्यो

जन्मिदै गयो आधुनिक पेङ्दोर्जेहरु

सजिन थाल्यो

बाहुराष्टिय कम्पनीले झिलिमिली ल्होछार

 

त्यसपछि

बिर्सियो

आमाले बनाउनु भएको साङाको आइरक

फापारको आलुम

रुस्लान र भोट्काको तालमा

गाँउको माया भन्दा

याम्बुको गन्ध मीठो लाग्न थाल्यो

आफ्नो आँगन फेरिने लुङदर दर्जु

टुँडिखेलमा फेरिन थाल्यो

 

बिर्सियो

आखेले गाएको फापारे भाका

पेङदोर्जेको तामाङ सेलो गित

बिर्सियो

आफ्नो भाषा  रिमठिम

जन्मिदै गयो

आधुनिक मैच्याङ्हरु

लुङ्गी र आङरेको साट्टा

आधी च्यातेको गाउनमा सजिन थाल्यो

अनि सजिलै

बिर्सिदियो

आफ्नो सुरारे मामको कथा

रिन्जेन दोर्जेआखेको काइरन

आज

डम्फु भन्दा बढी

बज्न थाल्यो आधुनिक ड्र्म सेटहरु

त्यसपछी नाच्न थाल्यो

धित मरुन्जेल

आधुनिक पेङ्दोर्जेहरु

आधुनिक मैच्याङहरु

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.