
-चे.(विस्फोट)
४७ सालदेखि सिंहदरबारलाई
लुटको अखडा बनाउनेलाई ?
कोशी-गण्डकको पानी
कागजमै बेचेर
राष्ट्रको भविष्य साट्नेलाई ?
राष्ट्रघाती महाकाली सन्धिमा
राष्ट्रमाथि
ल्याप्चे लाउनेलाई ?
बालुवाटार र ललिता निवासको
जग्गा आफ्नो ठान्ने
लुटेरा हातलाई ?
भुटानी शरणार्थीको नाममा
अरबौं रकम हसुर्नेलाई ?
बाल मन्दिरको जग्गा
कौडीको भाउमा हडप्नेलाई ?
गिरीबन्धु टीस्टेटको जग्गा
सट्टापट्टा गरी हसुर्ने भोकालाई ?
सहकारीको अरबौं रकम झ्वाम पार्ने
सहकारी ठगलाई ?
वाइडबडीमा मुछ्ने अनि लुट्ने,
टेरामक्समा करोडौं रकम
हसुर्ने दलाललाई ?
भ्रष्टाचारलाई नीति,
दलालीलाई राजनीति
बनाउने माफियालाई ?
निरंकुश, स्वार्थी,
घमण्ड र दम्भलाई
नेतृत्व ठान्ने भ्रमलाई ?
विदेशी इशारामा
देशको सार्वभौमसत्ता
साट्ने एजेन्टलाई ?
मेरो भोट कसलाई ?
जनताको आँसुमा
सत्ताको महल ठड्याउनेलाई ?
होइन !
मेरो भोट
लुटेरालाई होइन,
ल्याप्चे राजनीतिलाई होइन,
फेक गणतन्त्रवादीलाई होइन !
मेरो भोट
विद्रोह हो,
चेतनाको मतपत्र हो !
मेरो भोट
अब जन नेताको लागि
देश बेच्नेको लागि होइन,
देश बनाउने हातका लागि !