Khulla Bichar Online

विज्ञान पाठशालामा सरस्वती पुजा : पुजारी बिज्ञान शिक्षक

समस्या सरस्वती पूजामा छैन। समस्या विज्ञानलाई मौन बनाउने पूजामा छ। समस्या संस्कृतिमा होइन, संस्कृतिलाई प्रश्नमाथि राख्ने मानसिकतामा छ। जबसम्म विज्ञानलाई आस्था होइन, विधि मानिँदैन, जबसम्म शिक्षक पुजारी बन्न बाध्य हुन्छ, तबसम्म हाम्रो शिक्षा आधुनिक देखिए पनि चेतना मध्ययुगीन बर्बतामा नै रहनेछ।

• लक्ष्मी लामा- केन्द्रीय सदस्य,एकीकृत अखिल नेपाल शिक्षक संगठन

विज्ञानको पाठशालामा सरस्वती पूजा हुन्छ, पूजा गराउने पुजारी स्वयं विज्ञानका शिक्षक हुन्छन् । यो दृश्य कुनै एक विद्यालयको मात्र होइन, समग्र नेपाली समाजको यथार्थ हाे। बरु हाम्रो समाजको गहिरो यथार्थ चित्र हो । यही यथार्थ देखाउनका लागि मैले यो टिप्पणी लेख्ने जमर्को गरेकी छु। शुरुमै प्रश्ट पार्न चाहन्छु,कसैको आस्थामाथि प्रहार गर्ने,परम्परामाथि अवहेलना गर्ने कुनै उदेश्य छैन। प्रश्न यति हो,हामी के गर्दैछौँ र किन गर्दैछौँ ?

हुन त दृश्यहरु सामान्य लाग्न थालेको छ, तर यही “सामान्यता” हाम्रो बौद्धिक संकटको सबैभन्दा खतरनाक संकेत हो। किनकि जहाँ प्रश्न हुनुपर्थ्यो, त्यहाँ पूजा हुन्छ,जहाँ प्रमाण खोजिनुपर्थ्यो, त्यहाँ विश्वास थोपारिएको छ।

यो टिप्पणी कुनै धर्म, देवी वा संस्कृतिविरुद्ध होइन। यो टिप्पणी विरोधाभास विरुद्ध हो। विज्ञानको आधार प्रश्न हो-किन? कसरी? प्रमाण के छ? तर हामी विज्ञानकै कक्षामा यी प्रश्नहरू बन्द गरेर धुप, अक्षता र जल चढाएर “विद्या प्राप्त हुन्छ” भन्ने अभिनय गरिरहेका छौँ। यो अभिनय शिक्षकको इच्छाले होइन, समाजको दबाबले भइरहेको छ। सरस्वती पुजा सबै बिद्यालयमा हुन्छ,हामी पनि गर्छाैं । गरिरहेकै छाैं। तर

हाम्रो समाजमा सबैका मनमा प्रश्नहरु छन्, तर बोल्ने आँट छैन। सामाजिक बन्धन यति बलियो छ कि सत्य बोल्दा अपमान, बहिष्कार र आरोपको डर हुन्छ। त्यसैले मानिस जिब्रो चपाएर बोल्छन्। लेप्राे तन्काएर बाेल्छन,कन्मिस हाेईन,कन्फ्युज हाेस। यही डरको सिकार विज्ञान शिक्षकहरूमा पनि पर्याे भन्ने मेराे ठम्याइ हाे। विद्यार्थीले सोध्ने हरेक खरो प्रश्न- सरस्वती काे हाे? पृथ्वीकाे जन्म आधुनिक  क्यालकुलेटरमा  थिचिरहेका बिद्यार्थीले साेध्ने यस्तो प्रश्नकाे जवाफ शिक्षक संग छैन। शिक्षक स्वयं दुई दुनियाँको बीचमा थुनिएको छ,पाठ्यपुस्तकको विज्ञान र समाजको अन्धविश्वास।

सरस्वतीलाई विद्याकी देवी मानिन्छ।यदि विद्या पूजा बाटै प्राप्त हुने हो भने प्रयोगशाला, पुस्तकालय र अनुसन्धान किन चाहियो? यदि धुपले ज्ञान दिन्छ भने प्रश्न गर्नु अपराध किन ठानिन्छ? यस्ता प्रश्न बिद्यार्थीबाट हामी आज टार्दैछौँ, तर इतिहासले देखाइसकेको छ। टारिएका प्रश्नहरू भोलि विस्फोट भएर फर्किन्छन्।

आइन्स्टाइनलाई पत्रकारले सोधेको प्रश्न स्मरणीय छ। पत्रकारले सोधे, “यो संसारमा भगवान छन् कि छैनन्?” आइन्स्टाइनले कुनै दर्शनको भारी बोकेनन्, कुनै धर्मग्रन्थ खोल्न खोजेनन्। अत्यन्त सरल उत्तर दिए “छैन।” पत्रकार अचम्ममा परे। फेरि सोधे“तर मानिसहरू त भगवान छन् भन्छन् नि?” आइन्स्टाइनले झनै सरल, तर झनै गहिरो उत्तर दिए“ए, काल मार्क्सलाई भनेको होला।”

यो उत्तर व्यङ्ग्य मात्र होइन, चेतनाको स्तरमाथिको गहिराे टिप्पणी थियाे। किनकि काल मार्क्सका लागि भगवान कुनै आकाशीय सत्य होइन, सामाजिक उत्पादन हुन्। जब मानिस प्रश्न गर्न असमर्थ हुन्छ, तब ऊ भगवान सिर्जना गर्छ। जब अन्यायको कारण बुझ्न सक्दैन, तब भाग्य र ईश्वरको सहारा लिन्छ। जब यथार्थ परिवर्तन गर्न सक्दैन, तब पूजा गर्छ।

यही कारणले विज्ञानको कक्षामा पनि पूजा घुस्छ। प्रश्न गर्न नसक्ने समाजले विज्ञानलाई पनि आस्थाको चौघेरा भित्र थुन्छ। शिक्षक पुजारी बन्छन्, विद्यार्थी भक्त हुन्छ,प्रयोगशाला मन्दिरमा रूपान्तरण हुन्छ, र पाठ्यपुस्तक मन्त्र जस्तै कण्ठस्थ गरिन्छ। नेपालकाे बर्तमान शिक्षा प्रणालीकाे यथार्थ यहि हाे।

प्रश्न नखोज्ने शिक्षा, आलोचना नस्वीकार्ने संस्कृति र परिवर्तनसँग डराउने सत्ता-यी सबैले मिलेर भगवानलाई ज्ञानको विकल्प बनाइदिएका छन्। तर विज्ञान विकल्प खोज्न सिकाउँछ, भगवान होइन।

नेपालको शिक्षा प्रणाली माथि बर्षाै देखि खराे प्रश्न छ। प्रश्न उठ्नु अस्वाभाविक होइन, पूजा हुनु नौलो होइन। इतिहासमा विद्यालयहरू गीता पाठ र संस्कृत शिक्षाबाट सुरु भएका हुन्। त्यो इतिहास हो। तर समस्या इतिहासलाई निरन्तरता दिनु होइन, इतिहासलाई आलोचनात्मक रूपमा पार गर्न नसक्नु हो।

आज पनि खेतमा जोतिरहेको ट्र्याक्टर बिग्रिँदा मिस्त्री खोजिँदैन, धुप-अगरबत्ती खोजिन्छ। डाकिनी पन्छाइन्छ। यही हो हाम्रो शिक्षाकाे चेतनाकाे स्तर। यही चेतनाले राज्य संचालन,उत्पादन गरेको शिक्षा प्रणालीबाट वैज्ञानिक सोचको अपेक्षा गर्नु बेकार हो।

समस्या सरस्वती पूजामा छैन। समस्या विज्ञानलाई मौन बनाउने पूजामा छ। समस्या संस्कृतिमा होइन, संस्कृतिलाई प्रश्नमाथि राख्ने मानसिकतामा छ। जबसम्म विज्ञानलाई आस्था होइन, विधि मानिँदैन, जबसम्म शिक्षक पुजारी बन्न बाध्य हुन्छ, तबसम्म हाम्रो शिक्षा आधुनिक देखिए पनि चेतना मध्ययुगीन बर्बतामा नै रहनेछ।

सरस्वतीको पूजा सबैले गरौँ। तर सरस्वतीको फोटोमा धुप, अक्षता, पानी र फलफूल चढाउदै गर्दा“मलाई विद्या देऊ”मात्र  हाेईन हजुर को हुनुहुन्छ? हजुरको जन्मकुण्डली कहाँ छ? हजुरको जीवनी किन हामीले पढ्न पाउँदैनौँ?

हामी न्यूटनको जीवनी पढ्छौँ-स्याउ खस्नु चमत्कार होइन, सोच चमत्कार हो भनेर बुझ्न। हामी आइन्स्टाइन पढ्छौँ-समय र स्थान प्रश्न गर्न। हामी डार्विन पढ्छौँ-जीवन ईश्वरको उपहार होइन, विकासको परिणाम हो भनेर जान्न। हामी ग्यालिलियो पढ्छौँ-सत्य बोल्दा सत्ता र धर्म दुबैसँग ठोक्किनु पर्छ भन्ने सिक्न।

हजुरकाे पनि जीवनी पढ्न पाउ भनेर हात जाेडाैं। यसपालिको सरस्वती पुजामा यसाे गरे कसाे हाेला?

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.