Khulla Bichar Online

Khulla Bichar Online

243 Posts
नेपाल एकीकरण कि आन्तरिक उपनिवेश? जनजातिमाथिको भीषण दमन

नेपाल एकीकरण कि आन्तरिक उपनिवेश? जनजातिमाथिको भीषण दमन

-चेत बहादुर लामा,अध्यक्ष,एअनेशिसं,काभ्रे । आजको राजनीतिक आवश्यकता जनजातिहरूका लागि पृथ्वीनारायण शाह मुक्तिदाता होइनन्, बरु सामन्ती अधीनताको संस्थागत प्रारम्भकर्ता हुन्। नेपालको आधिकारिक इतिहासले पृथ्वीनारायण शाहलाई ‘राष्ट्र निर्माता’ र ‘एकताको प्रतीक’ का रूपमा पवित्र मूर्तिमा उभ्याएको छ। विद्यालयका पाठ्यपुस्तकदेखि राष्ट्रिय समारोहसम्म उनलाई प्रश्नातीत बनाइएको छ। तर प्रश्न उठ्छ कि  के इतिहास सधैं…
More
नाग्रेगगर्चे महिला बचत तथा ऋण सहकारीको तेह्रौँ वार्षिक साधारणसभा सम्पन्न

नाग्रेगगर्चे महिला बचत तथा ऋण सहकारीको तेह्रौँ वार्षिक साधारणसभा सम्पन्न

काभ्रे । चौरिदेउराली गाउँपालिका-२ को विकट क्षेत्र नाग्रेगगर्चेमा स्थापित नाग्रेगगर्चे महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेह्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। जनप्रतिनिधि देवी श्रेष्ठ र रेवती परियारले संयुक्त रूपमा पानसमा बत्ती बालेर साधारणसभाको उद्घाटन गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य मनिषा न्यापानेले राखेकी थिइन्। संस्थाकी अध्यक्ष लक्ष्मी लामाको सभाध्यक्षतामा…
More
गल्टारमा जैविक विविधता संरक्षणका लागि करेन्ट र बम प्रयोग गरी माछा मार्न प्रतिबन्ध

गल्टारमा जैविक विविधता संरक्षणका लागि करेन्ट र बम प्रयोग गरी माछा मार्न प्रतिबन्ध

काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत महाभारत गाउँपालिका–गल्टारमा जैविक विविधता संरक्षणका लागि कडा कदम चालिएको छ। मिति २०८२ साल ९ महिना २६ गते वडा अध्यक्ष रमेश कुमार लुङ्गेलीको अध्यक्षतामा तथा इलाका प्रहरी कार्यालय देवीटारका प्रहरी निरीक्षक मनराज बानियाँको उपस्थितिमा बसेको बैठकले विनाशकारी तरिकाले माछा मार्ने कार्यमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो। बैठकबाट…
More
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

काठमाडौँ/ चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको पुष्टि भएको छ। भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता तामाङको आइतबार दिल्लीस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएका छन्। उनको हृदयघातबाट निधन भएको प्रारम्भिक जानकारी आएको छ। दार्जिलिङमा जन्मेका तामाङ नेपाल र भारत दुबै तर्फ लोकप्रिय थिए।…
More
नेपाली राजनीतिक क्षितिजमा बिद्रोह,युवा जागरण, राष्ट्रिय एकता र समृद्धिको सम्भावित यात्रा

नेपाली राजनीतिक क्षितिजमा बिद्रोह,युवा जागरण, राष्ट्रिय एकता र समृद्धिको सम्भावित यात्रा

- चेत बहादुर लामा,अध्यक्ष,एअनेशिसं,काभ्रे । नेपालको राजनीति आज गम्भीर संक्रमणको चरणमा पुगेको छ। दशकौँदेखि सत्तामा घुमिरहेकै अनुहार, उही शैलीको शासन, र जनअपेक्षाभन्दा टाढा पुगेको राजनीतिक संस्कृतिले आम नागरिकमा गहिरो निराशा जन्माएको छ। विशेषगरी युवा पुस्ता जेन-जी अब मौन बस्न तयार छैन। यदि यही असन्तोष संगठित विद्रोहमा रूपान्तरण भयो भने फेरि…
More
चौंरीदेउरालीमा नेपाली कम्युनिस्ट पार्टीको एकताको सन्देश सभा सम्पन्न :जनतासँग जोडिने संकल्प

चौंरीदेउरालीमा नेपाली कम्युनिस्ट पार्टीको एकताको सन्देश सभा सम्पन्न :जनतासँग जोडिने संकल्प

काभ्रेपलाञ्चोक । इतिहासले पटक-पटक विद्रोह र चेतनाको साक्षी बनेको चौंरीदेउराली गाउँपालिका फेरि एकपटक राजनीतिक सन्देशको केन्द्र बनेको छ। जनयुद्धकालमा ‘पूर्वको ऐनान’ भनेर चिनिएको यस भूगोलबाट शनिबार कम्युनिस्ट आन्दोलनलाई पुनः जरा फर्काउने सशक्त आवाज उठेको छ। ढाँडखर्क भञ्ज्याङमा सम्पन्न कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी चौंरीदेउराली गाउँपालिका समिति र अखिल नेपाल शिक्षक संगठन…
More
चौरिदेउराली-२ मा सिर्जनशील कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

चौरिदेउराली-२ मा सिर्जनशील कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

काभ्रे । चौरिदेउराली गाउँपालिका-२ को विकट क्षेत्र नाग्रेगगर्चेमा स्थापित सिर्जनशील कृषि सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। जनप्रतिनिधि देवी श्रेष्ठ र रेवती परियारले संयुक्त रूपमा पानसमा बत्ती बालेर साधारणसभाको उद्घाटन गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य राम श्रेष्ठले राखेका थिए। संस्थाकी अध्यक्ष ननिता लामाको सभाअध्यक्षतामा सम्पन्न साधारणसभामा स्थानीय…
More
नाग्रेगगर्चे क्षेत्रका तामाङ भाषाका नामहरु अपभ्रंश,वास्तविकता र सामाजिक संरचना:

नाग्रेगगर्चे क्षेत्रका तामाङ भाषाका नामहरु अपभ्रंश,वास्तविकता र सामाजिक संरचना:

• राजीव माेक्तान तामाङ  नाग्रेगगर्चे क्षेत्र प्राचीन तामाङ बस्ती भएको प्रमाण यहाँका स्थाननामहरू हुन्। यी नामहरूले भौगोलिक बनावट, कृषि प्रणाली, धार्मिक आस्था, र ऐतिहासिक बसोबास झल्काउँछ। काभ्रे नाग्रेगगर्चे क्षेत्र साबिक नाग्रेगगर्चे गाबिस हाे। हाल काभ्रे  चाैरीदेउराली गापा २ मा पर्दछ। याे क्षेत्र इतिहास, संस्कृति र भाषागत विविधताले भरिपूर्ण एक विशिष्ट…
More
जिल्ला बाल सञ्जाल काभ्रेको अध्यक्षमा आयुष न्यौपाने निर्वाचित

जिल्ला बाल सञ्जाल काभ्रेको अध्यक्षमा आयुष न्यौपाने निर्वाचित

काभ्रे । जिल्ला बाल सञ्जाल काभ्रेपलाञ्चोकको अध्यक्षमा आयुष न्यौपाने निर्वाचित भएका छन्। शुक्रबार धुलिखेलमा सम्पन्न छैटौं जिल्ला बाल भेलाबाट न्यौपाने सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन्। उनी हाल धुलिखेल नगर बाल सञ्जालका संयोजकसमेत रहेका छन्। भेलाबाट उपाध्यक्षमा पाँचखालकी पूर्णकुमारी परियार र महाभारतकी कुशुम मोक्तान निर्वाचित भएका छन्। सचिवमा मण्डनदेउपुरकी रोशनी…
More
खाँडादेबी माविका विद्यार्थीलाई दुना-टपरी बुन्ने व्यवहारिक सीप प्रशिक्षण

खाँडादेबी माविका विद्यार्थीलाई दुना-टपरी बुन्ने व्यवहारिक सीप प्रशिक्षण

काभ्रे । काभ्रेको चौरिदेउराली गाउँपालिका-२ स्थित खाँडादेबी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई परम्परागत दुना-टपरी बुन्ने सीप सिकाइएको छ। विद्यालयको वार्षिक शैक्षिक क्यालेण्डर अनुसार नियमित शुक्रबार सञ्चालन हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरूलाई दुना-टपरी बुन्ने तथा क्ले (माटो) बाट कलात्मक सामग्री निर्माण गर्ने अभ्यास गराइएको हो। कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई सालको पात टिप्ने, सफा गर्ने…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.