Khulla Bichar Online

राजनिति

रातो तारा

रातो तारा

राजिव मोक्तान  तुङ्चलाई आमाले उपहार दिएको तारा, ममताको प्रतीक, उज्यालोको जरा।  चेको शिरमा टल्किने त्यो नै चिन्ह, विद्रोहको प्रकाश, सपनाको दिन। जनमुक्ति सेनाको टाउकोमा चम्किने तारा, बिभेद र अन्धकार चिर्छ, आशाको किनारा। गोली र बारुदबीच पनि त्यो मुस्कुराउँछ, स्वतन्त्रताका रक्तरन्जित बाटोहरू सम्झाउँछ। रातो चक्किलो तारा,माक्सवादी बिचारधारा !
More
नेकपा काभ्रेको परिचयात्मक बैठक सम्पन्न :

नेकपा काभ्रेको परिचयात्मक बैठक सम्पन्न :

काभ्रे बनेपा पुस ५ गतेको सन्देश सभामा व्यापक जनपरिचालन गर्ने काभ्रे/नेपाली कम्युनिष्ट पार्टी काभ्रेको परिचयात्मक बैठक पार्टी एकता, वैचारिक स्पष्टता र संगठनात्मक मजबुतीको सन्देशसहित सम्पन्न भएको छ।  बैठक हितमान शाक्य (सुमन)को प्रमुख आतिथ्यतामा तथा सावित्रा भुसालको विशेष उपस्थितिमा सम्पन्न भएको हो। शाक्य तत्कालीन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव तथा…
More

प्रचण्डले २०४६ यताका सबै उच्च पदस्थको सम्पत्ति छानबिन गर्न माग गरे

काठमाडौं, २३ मंसिर २०८२ भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०४६ सालदेखि उच्च पदमा पुगेका सबै पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग दोहोर्‍याएका छन्। उनले विगतमा पनि संसद्को रोस्टमबाट यो मुद्दा उठाएका थिए, र आज फेरि त्यसलाई बलियो रूपमा प्रस्तुत गरेका छन्। प्रचण्डले शुभकामना सन्देशमा भ्रष्टाचारविरुद्धको लडाइँ निरन्तर…
More
जेन–जी आन्दोलन र दलहरूको पुनर्गठन

जेन–जी आन्दोलन र दलहरूको पुनर्गठन

  दलहरूको सञ्चालन जति लोकतान्त्रिक तवरले भयो, त्यति नै देशको लोकतन्त्र शुद्धीकरण हुन पुग्छ । ०६२/०६३ को युगान्तकारी परिवर्तनबाट मुलुकमा गणतन्त्र स्थापना भयो । गणतन्त्रलाई संस्थागत गर्ने गरी संविधान पनि बन्यो । संविधानले आर्थिक–सामाजिक विकास गरेर समाजवादको दिशामा मुलुकलाई अगाडि बढाउने मार्ग कोरेको छ । तर, मुलुकमा संविधान जारी भएयता दश वर्षमा संविधानले…
More
नेपालको राजनीति:बाम गठबन्धन देखि जेन जी बिद्रोहसम्म र नयाँ युगको सुरुवात

नेपालको राजनीति:बाम गठबन्धन देखि जेन जी बिद्रोहसम्म र नयाँ युगको सुरुवात

नेपालको राजनीति दुई दशकभन्दा बढी समयदेखि संक्रमणकै घेराभित्र छ। बहुदलीय प्रजातन्त्र, जनयुद्ध, राजतन्त्रको अन्त्य, संघीयता र गणतन्त्रजस्ता ऐतिहासिक उपलब्धि हासिल भए पनि राजनीतिक स्थिरता भने कागजमै सीमित भयो। सुशासन, रोजगारी र विकासका जनआकांक्षा अधुरै रहँदा नयाँ पुस्ता सडकमा उत्रिएको छ। वाम गठबन्धनको उदय–पतन र हालको जेन जेड बिद्रोह त्यसैको ताजा…
More
एमाले युवा नेता जितराम लामाले पार्टी त्यागेपछि काभ्रेमा राजनीतिक हलचल

एमाले युवा नेता जितराम लामाले पार्टी त्यागेपछि काभ्रेमा राजनीतिक हलचल

काभ्रे– नेकपा एमालेमा झन्डै ३५ वर्षदेखि क्रियाशील युवा नेता जितराम लामाले एमाले पार्टी परित्याग गरेपछि काभ्रेपलाञ्चोकको स्थानीय राजनीतिमा हलचल भएको छ । एमाले काभ्रेका प्रभावशाली युवा नेता लामाले बिहिवार पार्टी परित्यागको घोषणा गरेका थिए । लामाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक भावनात्मक स्टाटस लेख्दै एमालेसँगको लामो राजनीतिक सम्बन्ध टुङ्ग्याएको घोषणा…
More
“सुशिला कार्की नेपालको ४२ औं प्रधानमन्त्रीमा नियुक्त : नेपाललाई नयाँ मार्गतर्फ लैजाने अन्तरिम नेतृत्व”

“सुशिला कार्की नेपालको ४२ औं प्रधानमन्त्रीमा नियुक्त : नेपाललाई नयाँ मार्गतर्फ लैजाने अन्तरिम नेतृत्व”

तनहुँ २९ भाद्र नेपालको राजनीति फेरि एकपटक निर्णायक मोडमा पुगेको छ। दशकौं लामो अस्थिरता, पटक–पटकका सरकार परिवर्तन, संविधान निर्माणपछिका विवाद र नेतृत्वप्रति जनआस्था खस्कँदो अवस्थामा हिजोआजको ‘Gen Z आन्दोलन’ले मुलुकलाई ठूला निर्णयको चरणमा पुर्‍याइदिएको छ। यही आन्दोलनको प्रत्यक्ष परिणामस्वरूप पूर्व मुख्य न्यायाधीश सुशिला कार्की नेपालकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त…
More
मेयर बालेन्द्र (बालेन) साह र पूर्व राष्ट्रपति भण्डारी बिच भेटघाट

मेयर बालेन्द्र (बालेन) साह र पूर्व राष्ट्रपति भण्डारी बिच भेटघाट

राजनीतिक चासो र चिन्ता भएका व्यक्तिहरूले भेटघाटलाई तीव्रता दिइरहेका बेला काठमाडौंका महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले पनि भेटघाट गरेका छन्। पूर्व राष्ट्रपति भण्डारीले केही दिनअघि मात्रै सरकारले दिएको सेवा सुविधा फिर्ता गरेकी थिइन। काठमाडौं महानगरपालिकाका मेयर बालेनले भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गरेकोमा खुसी व्यक्त गर्दै बधाई दिएको स्रोतले जनाएको…
More
प्रधानमन्त्री ओली स्पेनबाट दोहा प्रस्थान

प्रधानमन्त्री ओली स्पेनबाट दोहा प्रस्थान

मेड्रिड (स्पेन)।  स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने क्रममा कतारको दोहा प्रस्थान प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओली मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज विमानस्थलबाट स्थानीय समयअनुसार राति दोहा प्रस्थान गरेका हुन्। प्रधानमन्त्री दोहा प्रस्थान गर्नुअघि उनलाई स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र अधिकारीले विदाइ गरे। स्पेनको सेभियामा…
More
कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं, १८ आषाढ। संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति, अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो । महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे बस्नेछ…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.