२०८० जेष्ठ १७ गते
२०८० जेष्ठ १७ गते
सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिका-१, अमलेमा आज (बुधबार) ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ। बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज १ त ९९४१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका-२ का १४ वर्षीय लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको हो।…