Khulla Bichar Online

पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला

कास्की- पोखराको फेवाताल छेउमा रहेको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ । गणतन्त्र दिवसको अबसर पारेर संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीले रत्न मन्दिर र पार्क खुल्ला हुने गरी उदघाटन गरेका हुन् । रत्न मन्दिर उद्घाटन गर्दै मन्त्री किराँतीले यहाँ रहेको मन्दिर, पार्क, यहाँबाट देखिने फेवाताल, बाराही मन्दिर उत्तरतर्फ रहेका सुन्दर हिमश्रृङखलाको दृष्य देखिने यो ठाउँलाई पोखराको प्रमुख पर्यटकीय गन्तबयको रुपमा बिकास गर्नुपर्ने बताएका छन् ।

पोखरा ८ लेकसाईडस्थित १ सय ४ रोपनी क्षेत्रफलमा फैलिएको पार्कसहितको रत्न मन्दिर २०१५ सालमा राजा महेन्द्रले आफ्नी श्रीमति रत्नको नाममा बनाउन लगाएका र राजपरिवारका सदस्यहरु पोखरा आउँदा बस्नेगरेका थिए । लामो समय राज दरवारको सम्पती र राजा पोखरा आउँदा बस्ने दरवारको रुपमा स्थापित सो पार्क बिसं २०६७ पछि नेपाल ट्रष्टको मातहात गएको थियो ।

पोखराको मुख्य पर्यटकिय क्षेत्र फेवातालको किनारमा रहेको रत्न मन्दिर तथा दरवार खुल्ला भएसँगै पोखरामा अर्को पर्यटकीय गन्ज्तब्य स्थल थपिएको पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले बताउनु भयो । फेवाताल किनारमा बनेको रत्न मन्दिर ताल अबलोकन तथा आराम गर्ने दरवारको रुपमा स्थापित उक्त क्षेत्रमा रहेको पार्कभित्र बिभिन्न १० वटा भवन, तालघर बगैंचा रहेका छन् ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.