Khulla Bichar Online

चितवनमा फरक शैलीमा मनाइयो राष्ट्रिय धान दिवस, विद्यार्थीलाई खेतमै धान रोप्न सिकाइयो

चितवन, असार १५ : राष्ट्रिय धान दिवसको अवसरमा देशभर रोपाइँ, दही-चिउरा र हिलो खेल्दै दिवस मनाइरहेका बेला चितवनको सौराहास्थित ग्रिन सोसाइटी पब्लिक स्कुल ले भने विद्यार्थीलाई खेतमै लगेर धान रोप्न सिकाउँदै व्यावहारिक शिक्षा दिएको छ।

विद्यालयले धान, खेत र हिलोको महत्त्वबारे जानकारी गराएपछि विद्यार्थीलाई नजिकैको खेतमा लगेर धान रोप्ने तरिका सिकाएको थियो। कार्यालय सहायक दुर्गा खनालले बीउ समाउने तरिका, रोपाइँको दूरी र एउटा गुबोमा राखिने बिरुवाको संख्या लगायतका विषयमा प्रशिक्षण दिएका थिए।

विद्यालयका प्रधानाध्यापक गोपीलाल श्रेष्ठका अनुसार किताबी ज्ञान मात्र पर्याप्त नहुने भएकाले विद्यार्थीलाई प्रत्यक्ष गरेर सिक्ने अवसर प्रदान गरिएको हो। विद्यार्थीहरूले पनि खेतमै काम गरेर सिक्दा ज्ञान अझ दिगो हुने अनुभव सुनाएका छन्।

विद्यालयले यसअघि पनि आलु र केराउ खेतीसम्बन्धी व्यावहारिक सिकाइ सञ्चालन गरेको जनाएको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.