Khulla Bichar Online

सामाजिक सुरक्षा भत्ता लिएर फर्कंदै गरेका वृद्धलाई रोशी खोलाले बगायो, गिम्दीबेसीमा शव फेला

काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ निवासी ७५ वर्षीय बुद्धिमान तामाङको रोशी खोलाले बगाउँदा मृत्यु भएको छ।
उनी सामाजिक सुरक्षा भत्ता लिएर कटुञ्जेबाट घर फर्कने क्रममा रोशी खोलाको तीव्र बहावमा बगेका थिए।
घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मीले खोजी अभियान सञ्चालन गरेका थिए। भकुण्डेबेसीस्थित सशस्त्र प्रहरी बलको विपद् प्रतिकार्य टोलीले खोजीका क्रममा रोशी गाउँपालिका–८ गिम्दीबेसी क्षेत्रमा उनको शव फेला पारेको जनाएको छ।
लगातारको वर्षाका कारण नदी तथा खोलाहरूमा पानीको बहाव बढिरहेका बेला भएको यस घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.