Khulla Bichar Online

जनयुद्ध दिवश

– अर्पण उत्कर्ष

फागुन १

आवाज दबिएकाहरुले चिच्याउदै

नारा लगाउदै गाउँ शहर गुन्जमान बनाएको दिन ।

चुलो बाट अगुल्टो  झिकेर महिलाहरुले

बिद्रोहको मसाल बोकेको दिन ।

हंसिया उध्याउदै सामन्ती खुनिबाजहरुको

घाँटी छिमोल्न युवाहरु तम्तयार भएको दिन ।

मान्छेले म पनि मान्छे हुँ भन्दै बिभेदको

पर्खाल भत्काउदै समानताको गीत गाएको दिन ।

अधिकारकै लागि निधारमा कफन बाँधेर आँगोको

भुङरोमा जीवन समर्पित गरेको दिन ।

एउटा लामो जटिल भिमकाय पहाडको

हजारौ माइल लामो बाटो सफर गरेको दिन ,

महान जनयुद्धको ऎतिहासिक थलानी गरेको दिन

फाल्गुन १ यहाँहरु सबैजनालाई रक्तिम शुभकामना ।

वीर सहिदहरु लाल सलाम !

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.