
रोशी, काभ्रे – ३० औँ जनयुद्ध दिवसको अवसर पारेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्ला क्षेत्र नं. १ अन्तर्गत रोशी गाउँपालिकामा शुभकामना आदानप्रदान कार्यक्रमसहित पालिका कार्यालय उद्घाटन गरिएको छ।


राेशी गाउँपालिकाकाे वडा नम्बर -७ कटुन्जेमा निर्वाचन प्रचारप्रसारका लागि कार्यालय राखिएकाे हाे। कार्यक्रमकाे शुरुमा जनयुद्ध जिन्दाबाद विर सहिद लाल सलाम ! जनयुद्ध दिवस सफल पारौ ! तारा चिन्हमा मतदान गरौ ! दिनानाथ गौतमलाई विजय गराऔ! नेपाली कम्युनिष्ट पार्टी जिन्दाबाद जस्ता नारा जुलुस सहित कार्यक्रम सुरु गरिएकाे थियाे।
कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य मिम बहादुर वाइबा (ज्वाला)ले ब्यानर अनावरण गर्दै कार्यालय उद्घाटन गर्नुभएको हो। उहाँले जनयुद्धको चर्चा गर्दै, जनयुद्ध मार्फत प्राप्त वर्तमान व्यवस्था र राष्ट्रियताको रक्षा गर्न नेकपाका उम्मेदवारलाई विजय गराउनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा बागमती प्रदेश सदस्य नविन तामाङ, अशोक गौतम, फुर्साङ मोक्तान, भोला मैनाली, पालिका उपाध्यक्ष गौरव मोक्तान, सचिव सुकलाल दोङ, जिल्ला सदस्य उर्गेन लामा तथा जिल्ला सल्लाहकार रामहरी गौतमलगायतको उपस्थिति रहेको थियो।

ध्रुव रायमाझीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको सभापतित्व पालिका उपाध्यक्ष एवं शहीद परिवार तिमालसिं लामा ले गर्नुभएको थियो।