
चाैरीदेउराली/ काभ्रेको चौरीदेउराली गाउँपालिका–२ नाग्रे–गगर्चे स्थित श्री खाँडादेबी माध्यमिक विद्यालयले आफ्नो स्थापना दिवसको अवसर पारेर ५८औँ वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।


कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत महानदास लामा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो।

विद्यालयका प्रधानाध्यापक नवराज पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका लेखापाल अर्पण लामाले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने विज्ञान प्रदर्शनी समेत आयोजना गरिएको थियो।

कार्यक्रममा बोल्दै अतिथि राजीब लामाले “पलाक्थली कुनै समय गुरुङहरूको बस्ती रहेकाे, अहिले गुरुङ समुदाय नभए पनि उनीहरूको पदचाप र सम्झना बाँकी रहेको जस्तै, समाजमा दीर्घकालीन सम्झना छोड्ने हाे भने शिक्षा क्षेत्रमा लगानी आवश्यक छ” भन्ने धारणा व्यक्त गर्नुभयो।
प्रमुख अतिथि महानदास लामाले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको मेहनतसँगै अभिभावकहरूको सक्रिय भूमिका अत्यन्त आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा चाैरीदेउराली शिक्षा शाखा प्रमुख-काली प्रसाद पाण्डे,पुर्ब वडा अध्यक्ष दिनेश लामा,समाजसेवी यादब भण्डारी,पुर्ब बिब्यस अध्यक्ष टक्कर बहादुर श्रेष्ठले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे।

सो अवसरमा विद्यालयमा लामो समयदेखि योगदान पुर्याउँदै आएका शिक्षकहरूलाई सम्मान समेत गरिएको थियो।