Khulla Bichar Online

उर्गेन साङ्गे छ्योलिङ गुम्बा उद्घाटन वैशाख १७गते हुने

भक्तपुर, सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार हाईट स्थित ह्याङ्ला आदिवासी तामाङ समाजद्वारा निर्माण गरिएको उर्गेन साङ्गे छ्योलिङ गुम्बा उद्घाटन हुने भएको छ।

समाजका अध्यक्ष कर्म लोप्साङ लामाका अनुसार गुम्बाको उद्घाटन २०८३ वैशाख १७ गते बिहान ८ बजे धर्मगुरु क्यावगोन फाक्चोक रिन्पोछेको उपस्थितिमा तथा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यतामा गरिनेछ।

२०६२ साल मंसिर ८ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भएको ह्याङ्ला आदिवासी तामाङ समाजले स्थापना कालदेखि नै बौद्ध धर्मसम्बन्धी शिक्षा, ध्यान तथा साधना कार्यक्रम सञ्चालन गर्दै आएको छ। समाजले २०७० साल जेठ २ गते गुम्बा निर्माणका लागि जग्गा खरिद गरेको थियो भने २०७२ चैत १७ गते श्याल्पा तेन्जिङ रिन्पोछेको बहुल्यतामा शिलान्यास गरिएको थियो।

२०७५ वैशाख १७ गतेदेखि निर्माण कार्य सुरु भएको उक्त गुम्बा २०८२ चैत १० गते सम्पन्न भई मूल समितिलाई हस्तान्तरण गरिएको थियो।

समाजले गुम्बा निर्माण मार्फत धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। उद्घाटन समारोहमा सहभागी हुन समाजले सबैलाई हार्दिक निमन्त्रणा दिएको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.