Khulla Bichar Online

नारायणी नमुना माविको सफलता, ३७ विद्यार्थीले ल्याए ४ जीपीए

चितवन / माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा चितवनको नारायणी नमुना माध्यमिक विद्यालय ले सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा हासिल गरेको छ।
विद्यालयबाट सहभागी भएका ३८० जना विद्यार्थीमध्ये ३७ जनाले ४ जीपीए ल्याएका छन्। तीमध्ये १९ छात्र र १८ छात्रा रहेका छन्। एक जनाबाहेक सबै विद्यार्थी उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीले जानकारी दिए।
शिक्षा विकास तथा समन्वय इकाइ चितवनका अनुसार जिल्लाभर करिब १२ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए।
यस नतिजाले सामुदायिक विद्यालय पनि गुणस्तरीय शिक्षामा निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने सन्देश दिएको छ। मेहनत, अनुशासन र निरन्तर अध्ययनले सरकारी विद्यालयमै पनि उत्कृष्ट नतिजा सम्भव छ भन्ने उदाहरण नारायणी नमुना माविले प्रस्तुत गरेको छ।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.