Khulla Bichar Online

सरकार घण्टा बजाउने लाईनमा

  • राजीब लामा

आमा ग्यासको लाइनमा,

बाउ मलको लाइनमा।

 

छोरा राहदानीको लाइनमा,

छोरी अनलाइनको लाइनमा।

 

बिरामी अस्पतालको लाइनमा,

विद्यार्थी नतिजाको लाइनमा।

 

किसान सिँचाइको लाइनमा,

युवा रोजगारीको लाइनमा।

 

गरिब राहतको लाइनमा,

व्यापारी करको लाइनमा।

 

कर्मचारी सरुवाको लाइनमा,

नेता भाषणको लाइनमा।

 

जनता आशाको लाइनमा,

विकास अझै प्रतीक्षाको लाइनमा।

 

नयाँ नेता गफै गफकाे लाईनमा

देश झन निराशाको लाइनमा।

 

बालेन कालाे चस्माकै लाईनमा

सरकार घण्टा बजाउने लाइनमा।

सरकार घण्टा बजाउने लाईनमा।।

By Khulla Bichar Online

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.